समायोजनको प्रस्ताव तयार गर्ने जिम्मेवारी शीर्ष नेतृत्वलाई


काठमाडौ, आश्विन २७ – माओवादी सेनाका लडाकु रेखदेख, पुनःस्थापना र समायोजन विशेष समितिले लडाकु समायोजनको खाका र मापदण्डसम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार शीर्ष नेतृत्वलाई दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले शीर्ष राजनीतिक तहमा अन्तिम छलफल गरी यससम्बन्धी निर्णय गर्ने अधिकार प्रधानमन्त्री माधवकुमार नेपाललाई दिएको हो ।

‘समायोजनको मोडालिटी र मापदण्डबारे कार्यदलस्तरमा भएको छलफलबारे समितिले जानकारी लिएको छ,’ बैठकमा सहभागी माओवादी नेता जनार्दन शर्माले कान्तिपुरसँग भने, ‘अब यसमा राजनीतिक तहमा छलफल गरी टुंगोमा पुर्‍याएर अर्को बैठक डाक्न प्रधानमन्त्रीलाई भनेका छौं ।’ लडाकु समायोजनको विषय शान्ति प्रक्रिया र संविधान निर्माणसँग जोडिएकाले यस विषयमा उच्च राजनीतिक तहमै छलफल आवश्यक भएको उनले बताए । प्रधानमन्त्री नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूसँग छलफल गरी बिहीबार अर्को बैठक डाक्ने सम्भावना रहेको बैठक स्रोतले जनाएको छ । यसअघि लडाकु समायोजनको खाका, मापदण्ड, पुनःस्थापना प्याकेजलगायत विषयमा योजना तयार गर्न समितिले तीन सदस्यीय कार्यदल बनाएको थियो । माओवादी सैन्य इन्चार्ज वर्षमान पुन, एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेस नेता रामशरण महत सम्मिलित उक्त कार्यदलले १० दिनसम्म त्यससम्बन्धी गृहकार्य गरेको थियो । ‘कार्यदलको छलफल सकारात्मक छ,’ शर्माले भने, ‘समायोजनको मापदण्डबारे भइरहेको छलफलबाट सैद्धान्तिक सहमति भएपछि अन्य विषय अघि बढाउन सजिलो हुन्छ ।’ बृहत् शान्ति सम्झौताअनुसार अस्थायी शिविरमा रहेका १९ हजार ६ सय लडाकु पुनःस्थापना र समायोजनको कार्य हुन बाँकी छ । अन्तरिम संविधानमा संविधानसभा निर्वाचनको ६ महिनाभित्र गरिसक्ने भनिएको यो काम राजनीतिक विवादका कारण अल्भिmएको हो । लडाकुमध्ये कतिलाई कुन सुरक्षा निकायमा कसरी समायोजन गर्ने भन्ने यकिन भएको छैन । विशेष समितिमा विभिन्न सुरक्षा निकाय र लडाकुको निश्चित संख्यालाई मिलाएर छुट्टै फोर्स बनाउने, सुरक्षा निकायमा सीधै समायोजन गर्नेलगायत विषयमा छलफल भइरहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s