देशभरी परम्परा अनुसार फूलपाती भित्र्याइदै


२८ आश्विन (सोलु अनलाइन) – आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती, देशभरी परम्परा अनुसार फूलपाती भित्र्याइदैछ । दशैं घरमा फुलपातीको शुभ साइतको शुभ साइतको प्रतिकको रुपमा दशैं घरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अरु नयाँ पालुवा समेत विधी पुर्वक भित्र्याइन्छ ।
धादिङको जीवनपुरवाट पुजारी सहित बाहुन, मगर र नेवार जाती सहित ८ जनाले काठमाण्डौको जमलसम्म ल्याई पर्सेर हनुमान ढोकाको दशैं घरमा ल्याउने प्रचलन छ । हर्ष बढाईका साथ फुलपाती भित्र्याउन गुरु ज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र निजामति सेवाका उच्च पदस्थ अधिकारीहरु आशगुर्जा टोली, व्याण्ड बाजा, पञ्चै बाजा र साँस्कृतिक नाचगान सहितको लावा लस्कर हनुमान ढोकावाट जमल जाने चलन छ ।
घटस्थापनाको दिनदेखि दशैं शुरु हुने भए पनि दशैंको बिशेष चलहपहल भने आजको दिनदेखि शुरु हुन्छ ।
आजदेखि सरकारी कार्यालय बन्द हुने भएकोले अध्ययन व्यवसाय लगायत विभिन्न कारणले आफ्नो मुल घरवाटा टाढा रहेका व्यक्तिहरु सपरिवार बसेर दुर्गा भवानीको टीका थाप्न आफ्नो घर फर्कने क्रम पनि तिब्र हुन्छ । गाउँ घरमा हालिने लिंगे र रोटे पिङले दशैंको रौनक अझ बढाएको छ ।

Leave a comment