१८ औं जन्मदिनमा खगेन्द्रले लेखाए गिनिजमा नाम


पोखरा, असोज २८– बाग्लुङको धुल्लुबासकोट-६ का खगेन्द्र थापामगरले बिहीबार आफ्नो १८ औं जन्मदिनका दिन गिनिज बुकमा नाम लेखाएर नेपाललाई नयाँ उपहार दिएका छन्। विश्वकै सबैभन्दा होचा तथा कम तौल प्रमाणित भएपछि खगेन्द्रलाई ‘गिनिज बुक अफ दि वर्ल्ड रेकर्डस्’ले बिहीबार बिहान पोखरामा उक्त घोषणा गरेको हो।

‘गिनिज बुक अफ दि वर्ल्ड रेकर्डस्’को टोलीले बुधबार स्थानीय फेवासिटी अस्पतालमा गरेको शारीरिक परीक्षणमा खगेन्द्रको उचाई ६७.०८ सेन्टिमिटर र तौल ६.५ केजी रहेको प्रमाणित गरेको हो।

यसअघि गिनिज बुकको टोलीले गत फागुनमा ईटलीको राममा गरेको शारीरिक परीक्षणमा खगेन्द्रको उचाई ५६ सेन्टिमिटर अर्थात् २२ दशमलव शुन्य ४ इन्च र तौल ५ केजी रहेको थियो।

गिनिज बुक रेकर्डसका उप-प्रमुख मार्को फ्रिगटीले १८ वर्ष पुगेका खगेन्द्रको उक्त उचाई र तौल विश्वकै सबैभन्दा कम भएकाले उनको नाम गिनिज बुकमा लेख्ने निर्णय भएको जानकारी दिए।

गिनिजको टोलीले बिहान ११ बजे लेकसाइडको होटल बाराहीमा विशेष कार्यक्रम गरी खगेन्द्रलाई गिनिज बुकमा नाम लेखाएको प्रमाणपत्र दिनेछ।

‘हामीले हिजो तीन पटक खगेन्द्रको शारीरिक परीक्षण गर्‍यौँ’ फेवासिटी अस्पतालका बालरोग विषेशज्ञ डा.हुमनाथ न्यौपाने भने,’तीन पटकको फरक-फरक मापनको आधारका खगेन्द्रको औसत उचाई निर्धारण गरिएको हो।’

‘गिनिज बुक अफ दि वर्ल्ड रेकर्डस्’को टोलीका लागि उक्त अस्पतालका डा. न्यौपानेले खगेन्द्रको स्वास्थ्य परीक्षण गरिदिएका हुन्। उनले विगत पाँच वर्षदेखि खगेन्द्रको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएका थिए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s