७५ हजार रुपैयाँमा हत्या


ललितपुर (चापागाउँ) – सामान्य घरयासी झगडामा लेले बस्ने राजेन्द्र तामाङले ७५ हजार रुपैयाँ खर्च गरेर छिमेकीको हत्या गराएको खुलेको छ । उनले देवीचौर-१ का निनबाबु भन्ने सानुबाबु ब्लोनको हत्या गराएका हुन् । दुई साता अघि ब्लोनलाई खुकुरी र चक्कुले घाँटी रेटी हत्या गरिएको थियो । प्रहरीले घट्नामा संलग्न भएको आशंकामा पक्राउ गरेका   पाँच जनालाई बुधबार सार्वजनिक गरेको थियो । राससको समाचार अनुसार लेले-८ बस्ने २४ वर्षीय राजेन्द्र तामाङले सामान्य घरायसी झगडाका कारण ७५ हजार रुपैयाँ दिएर मन्थली-२ अम्बासका सुरेश सिँतानलाई हत्या गर्न लगाएको स्वीकार गरेका छन् । सिँतानले २५ हजार रुपैयाँ आफूले राखी डराउनेपोखरी-२ काभ्रेपलाञ्चोकका तिर्थमान तामाङलाई रु ५० हजारमा मार्न लगाएको सञ्चारकर्मीमाझ बताए । उनले २१ हजार रुपैयाँ खनालथोक-१ खरिबोटका लुङ्कु लामालाई र लुङ्कुले शिखरपा-२ बस्तिपुरका उमेश थिङलाई रु १० हजार दिएर मार्न लगाएको प्रहरीसमक्ष बयान दिएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डिएसपी प्रमोदकुमार खरेलले जानकारी दिए । सात-आठ वर्षअघिदेखि नै घरायसी झगडा पर्दै आएको पीडितकी श्रीमती कान्छी ब्लोनले जानकारी गराइन् ।

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s