टीकाको साइट १० बजेर ४३ मिनेटमा


३१ आश्विन (सोलु अनलाइन) – आज नेपालीहरुको महान् चाँड विजया दशमी देशभरी हर्षोल्लासपुर्वक मनाइदैछ । दशैं घरमा प्रतिपदाका दिनदेखि गरिएको पूजाआराधना विधिपुर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पुर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूला बडा एवं मान्यजनहरुवाट टिका र जमरा लगाइदैछ ।
आज विजया दशमीको टीकाको साइत विहान १० बजेर ४३ मिनेटमा रहेको छ । दिनभरी टिका लगाउन सकिने भएपनि राष्ट्र प्रमुखहरुले विशेष समय खोज्ने भएकाले यो साईत जुराईएको पञंग निर्णाय समिति भनाई छ ।
आज विहान ८ बजेर ४७ मिनेटको समयमा दशैघरमा रहेको देवीको विर्सजन गर्न सकिने छ । देवी विर्सजन लगतै टिका लगाउन सकिने भए पनि उत्तम साईत कुर्नेहरुले १० बजेर ४३ मिनेटमा टिका लगाउन सक्ने नेपाल पञ्चाङ निमार्णक समितीका अध्यक्ष प्राध्यापक डा. माधव भट्टराईले जानकारी दिनुभयो ।
मीठो खाने, राम्रो लाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवं सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दस दिनसम्म मनाइने यो बडादशैं पर्व धार्मिक मात्र नभएर सामाजिक साँस्कृतिक पर्वका रुपमा समेत महत्वपुर्ण मानिन्छ ।
असत्यमाथी सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावण माथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ ।
राम्रा राम्रा पोसाकमा सजिएका, निधारभरि दही अक्षताका राता टीका लगाएर सिरमा जमरा सिउरेका, मान्यजनहरुवाट टीका थाप्न जानेहरुको आज बिशेष चहलपहल देखिन्छ ।
स्वदेश वा विदेशमा रहेका नेपालीहरु आजको दिन सपरिवार एकत्रित भई विजयादशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्दछन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s