बहुमतले बजेट पारित हुन्छः पर्यटनमन्त्री भण्डारी


विराटनगर, कार्तिक ३ – कात्तिक मसान्त भित्र सरकारले बजेट ल्याउने र बहुमतले पारित गर्ने पर्यटन मन्त्री शरदसिंह भण्डारीले दाबी गरेका छन् । माओवादीले काम चलाउ सरकारले बजेट ल्याए पारित हुन नदिने बताएको भोलीपल्ट मन्त्री भण्डारीले विराटनगरमा बुधबार संवाददाताहरुसंग भने, ‘यो सरकारसंग बहुमत होल्ड छ बहुमतभएकै आधारमा बजेट पारित हुन्छ कसैले रोकेर रोकिदैन ।’

प्रधानमन्त्रीले राजीनामा दिएपनि यो सरकार बहुमतको सरकार हो । सरकारमा सम्मिलित कुनैपनि पार्टीले समर्थन फिर्ता नलिएकाले यो सरकारले ल्याएको बजेटका पक्षमा बहुमत पुग्ने धारणा मन्त्री भण्डारीले राखे । कुनै पनि विधि विधानमा काम चलाउ सरकारको ब्यवस्था नभएको उल्लेख गर्दै उनले भने’यो सरकारलाई बजेट ल्याउन कुनै पनि विधि विधानले रोक्दैन ।’

बजेट समयमा नआउदा पर्यटन वर्ष २०११ का केही कार्यक्रमहरुमा असर परेको छ । अन्तराष्ट्रिय रुपमा आयोजना भइरहेको उपभोक्ता उत्सवहरुमा त्यसको असर परेको तर सिंगै पर्यटन बर्ष भने प्रभावित नहुने भण्डारीले बताए । रामचन्द्र पौडेलको उम्मेदवारी सहमतिको बाधक नभई सहमतिका लागि उनको उम्मेदवारी भएकाले फिर्ता लिन नहुने उनले बताए । पौडेलको उम्मेदवारी प्रधानमन्त्रीका लागि नभई सहमतिका लागि भएकाले यसले १६ दलको एकतालाई अघि बढाउने बताए । सहमतिय सरकारको विकल्प नभएको बताउदै उनले भने’रामचन्द्रको उम्मेदवारीनै सहमतिका लागि हो त्यो सहमतिको बाधक होइन ।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s