माओवादीको असहमतिको बाबजुद बजेट ल्याउछौ : सञ्चारमन्त्री


काठमाडौ, ३ कार्तिक (सोलु अनलाइन) – कामचलाउ सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले माओवादीको विरोधको बाबजुद पनि सरकारले बजेट ल्याउने दृढता ब्यक्त गर्नु भएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पोख्रेलले भन्नु भयो – मुलुक बजेट विहीन रहन सक्दैन । माओवादीले साथ नदिए पनि बजेट सरकारले ल्याउँछौ । सहमति वा असहमति जस्तो अवस्था भए पनि सरकारले बजेट ल्याउछ । 
साक्षात्कारमा उहाँले बजेट विहीनताको अवस्थामाले मुलुकलाई अप्ठ्यारो अवस्थामा पुर्याउने अवस्थामा सरकारले बजेट ल्याउने घोषणा गर्नु भयो । उहाँले माओवादीको विरोधका अगाडि सरकार नझुक्ने स्पष्ट पार्दै सरकार सँग बजेट पारित गर्ने बहुमत र हैसियत भएको दावी पनि गर्नु भयो । उहाँले बर्तमान सरकारसँग राजकीय बैद्यता र बहुमत दुबै विद्यमान कायम रहेको दावी समेत सो अवसरमा गर्नु भयो । यद्यपि उहाँले बजेटलाई सहमतिको दस्तावेज बनाउँन सरकार माओवादीसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नु भयो ।
बर्तमान राजनीतिक गतिरोधको कारण सत्ताको बाँडफाँड र को प्रधानमन्त्री बन्ने भन्ने नरहेको उल्लेख गर्दै उहाँले शान्तिप्रक्रिया र संविधान निर्माणमा रहेको असहमति नै कारक भएको दावी गर्नु भयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s