राष्ट्रपति र उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृत


काठमाडौं, कार्तिक ३ – सरकारले राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परमानन्द झाको चीन भ्रमणलाई स्वीकृत गरेको छ । बुधबार साँझ बसेको कामचलाउ सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति यादवको कात्तिक ९ गतेदेखि हुने चीन भ्रमण र उपराष्ट्रपति झाको बिहीबारदेखि हुने चीन भ्रमणलाई स्वीकृत गरेको हो ।

राष्ट्रपतिको भ्रमणमा चीनका लागि नेपाली राजदूतसहित १७ सदस्यीय टोली रहने कानुनमन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए । राष्ट्रपति साङ्घाई एक्स्पो समापन समारोहमा भाग लिन चीन जान लागेका हुन् ।

उपराष्ट्रपति झा भने ‘वेस्टर्न चाइना इन्टरनेशनल फेयर’का लागि बिहीबार चीन जाँदैछन् । उनको भ्रमणमा ८ जना सहभागी हुने मन्त्री सिंहले जानकारी दिए ।

सरकारले चार जना महासेनानीको पदावधि दुई वर्ष थप गरेको छ । मन्त्रिपरिषद् बैठकले महासेनानी रामकृष्ण अधिकारी, प्रभुराम शर्मा, गौरव तण्डुल र राजु बस्नेतको पदावधि थप गरेको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s