दशैं सकिंदै


५ कार्तिक (सोलु अनलाइन) – आज कोजाग्रत पूर्णिमा । आजैदेखि यसवर्षको दशैं आजदेखि सकिंदैछ । यो पूर्णिमासँगै दशैं सकिएको मानिन्छ । आजदेखि दशैं सकिने भएकाले घटस्थापनाको दिन दशैंघर वा कोतमा राखिएको जमरा विसर्जन गर्दै साँझ पूजाआजा गर्ने गरिन्छ । तर तिथिले आज केही ढिलादेखि मात्रै पूर्णिमा शुरु हुने भएकाले भोलि पनि कोजाग्रत पूर्णिमा मान्न सकिने बताइएको छ । कोजाग्रत पूर्णिमाका बेलुकादेखि रातभर जाग्राम बसी महालक्ष्मीको पूजाआराधना गर्ने प्रचलन पनि रहेको छ । कोजाग्रत पूर््िर्णमाका अवसरमा काठमाडौंको स्वयंम्भु चैत्यमा पूजा गर्न र महादीप बालेर जाग्राम बस्ने गरिन्छ । आजैदेखि काठमाडौंको चोभारमा एक महिना लामो आदिनाथको मेला पनि शुरु हुँदैछ । आदिनाथको मेला कात्तिक शुक्ल पूर्णिमासम्म रहने गर्दछ ।

आज कोजाग्रत पूर्णिमाका दिन सार्वजनिक बिदा नहुने भएको छ । गृह मन्त्रालयका अनुसार आज बिदा नहुने भएको हो । विगतदेखि कोजाग्रत पूर्णिमाका दिन बिदा दिने गरिए पनि दशैंतिहारलगायतका चाडपर्वको बिदा घटाएसँगै आज बिदा नहुने भएको मन्त्रालयले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s