दाहालले भने,’चिनियाँ राजनीतिज्ञसंग कुराकानी हुनसक्छ’


काठमाडौ, कार्तिक ५ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले चीन भ्रमणको क्रममा चिनियाँ राजनीतिज्ञसंग राजनीतिक विषयमा कुराकानी हुन सक्ने बताएका छन् । शुक्रबार चीन जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्दै अध्यक्ष दाहालले कुन कुन चिनियाँ नेताहरुसंग भेट गर्ने भन्ने अहिले तय भइनसके बताए । उनले भने,  ‘उतै गएर भेटघाटका विषयमा तय हुन्छ ।’ अध्यक्ष दाहाल चार दिने भ्रमणका लागि चीन गएका हुन् । भ्रमणका क्रममा उनले संघाइमा चीनमा रहेका नेपालीसंग अन्तक्रिया गर्ने र अन्तराष्ट्रिय फोरमा वोल्ने कार्यक्रम रहेको छ । उनले विशेष त संघाइमा आयोजना हुने एक अन्तक्रियामा ‘विशेष’ सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । उनले चिनियाँ कम्युनिष्ट पार्टीका नेतासंग पनि छलफल गर्ने कार्यक्रम रहेको बताए । माओवादी सेनाका इन्चार्जका साथै सैन्य कमाण्डर फर्के भोलिपल्टै उनी चीन भ्रमणमा गएपनि त्यससंग आफ्नो कुनै सम्बन्ध नभएको अध्यक्ष दाहालले दाबी गरे । उनले भने, ‘त्यससंग कुनै सम्बन्ध छैन ।’

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s