ज्याल्सा गुम्बामा गुरु छेन्गे छेच्यु क्ष्याम सम्पन्न


२४२ बर्ष पुरानो सोलुखुम्बुको ज्याल्सा(झासा) गुम्बामा सधै बर्षहरुमा झै यस बर्ष पनि गुरु छेन्गे छेच्यु क्ष्याम यही असोज ३१ गते सम्पन्न भएको छ । विश्व शान्तिका लागि गरिने यो कार्यक्रम यही असोज २६ गतेबाट शुरु भइ बौद्ध परम्पराअनुसार पहिलो दिन धार्मिक विधिअनुसार पुजापाठ साङ गरी शुभारम्भ गरियो भने ३ दिन सम्म विभिन्न महत्वपुर्ण लामा नृत्य क्ष्यामहरु प्रस्तुत गरी पाँचौ
दिनमा दोखम शिब्द जोक्क्षेन गोन रिम्पोच्छे, टुल्कु नाम्दक क्षेयिङ ज्युवाट उपसिथत सबैलाई वाङ प्रदान गरी सम्पन्न भएको थियो । गुरु रिम्पोच्छे (गरु पद्य संभव) लाई स्मरण गरी विश्व शान्तिका लागि गरिने यो कार्यक्रममा गुरु रिम्पोच्छेका ८ वटा टुल्वाहरु गुरु पेमा ज्युने, लोज्येन छोकसे, गुरु शाक्य सेङ्गे, गुरु साङ्गे डडोक, गुरु नेप्के ङिङ्डु, गुरु पेमा ग्याल्वो, दोजे टोलुक, गुरु ङिमा वोसेरहरुले प्रस्तुत गरिने धार्मिक नृत्यलाई निकै महत्वका साथ लिइने गरिन्छ र यसको आफ्नै धार्मिक महत्व पनि रहेको छ । कार्यक्रमका लागि सोलुखुम्बुको सल्लेरी फाप्लु, गार्म, थातेङ, कुरिमा, रोसी, जैदु, माठुङ, लुरा लगायत विभिन्न गाँउहरुबाट मानिसहरुको भीड लागेको थियो । यो कार्यक्रम २० बर्ष अघि अर्थात २०४८ सालदेखी नै यस ज्याल्सा (झासा) गुम्बामा आयोजना गरिदै आइरहेको भएता पनि प्रचार प्रसारको कमीले धार्मिक महत्व बोकेको यो कार्यक्रमका बारेमा धेरैलाई थाहा नभएको गुम्बाका प्रमुख लामा आङ बाबु लामाले जानकार गराउनु भयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s