तिलोत्तमा गोल्ड कपमा आज फ्रेन्ड्स र एपीएफ


तिलोत्तमा गोल्ड कपमा आज पूर्व विजेता फ्रेन्ड्स क्लब काठमाडौ र सशस्त्र प्रहरीको एपीएफसँग प्रतिस्पर्धा हँुदैछ । विभागीय टोली र पूर्वविजेता बीचको भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । तिलोत्तमा गोल्ड कपको १५औ सस्करणलाई आफनो पोल्टामा पार्न सफल फ्रेन्ड्स क्लव यसपटक पनि सोही क्रमलाइै निरन्तरता दिने दाउमा छ भने आफ्नो टिमलाइ पहिलो पटक उपाधि कब्जा गराउने दाउमा एपीएफ छ । गएको सस्करणमा आयोजक रुपन्देही ११ सँग पहिलो चरणमा पराजय व्यहोरेको फ्रेन्ड्स यो हारलाइै बिर्साउने ध्यानमा छ । फ्रेन्डसले केही पुराना र केही नया अनुहारलाइ मैदानमा उतार्ने र यसअघिको मैत्रीपुर्ण खेलमा जीत हात पारेको मनोवललाई सदुपयोग गर्ने दाउमा छ । यता एन्फा र अन्य क्लवबाट नुरराज काफ्ले, निराजन मल्ल, गणेश लावती र कुमार थापा जस्ता उत्कृष्ट फर्ममा खेलाडीलाइ हाल मात्र टिममा ल्याएको एपीएफ त्यसको भरपुर फाइदा उठाउने दाउमा छ । नया प्रशिक्षक र उत्कृष्ट खेलाडीले भरिपुर्ण एपीएफ पुर्व विजेतालाइ कडा ठक्कर दिन सक्नेछ । यही सिजनबाट नै केही राम्रो खेलाडी गुमाएको फ्रेन्डस क्लवले आफ्नो नया अनुहारबाट धेरै फाइदा उठाउने दाउमा छ । तीन ओटै विभागीय टोली सम्मेलित प्रतियोगिताको पहिलो विभागीय टोलीको खेल र कुनै जमानामा राष्ट्रिय महत्व बोकेको पुर्व विजेताको खेलले फिफा टेक्निकल सेन्टर आज रोमाञ्चक बन्ने आशा धेरैको छ । यी दुइ टोलीबीचद केही समयअघि काठमाडौमा भएको मैत्रीपुर्ण खेलमा फ्रेन्ड्सले ४,३ गोल अन्तरले खेललाई आफ्नो पक्षमा पारेको थियो । यसअघि हिजो भएको प्रतियोगिताको उदघाटन खेलमा आयोजक रुपन्देही ११ पोखराको साहारा क्लवलाई एक शुन्यले पराजित गर्दै अघिल्लो चरणमा पुगिसकेको छ । प्रतियोगितामा बङ्गलादेश र काठमाडौ लगायतका विभिन्न १२ टिमको सहभगीता रहेको छ । आउँदो १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख ५५ हजार र उपविजेताले ७७ हजार नगद र शिल्ड हात पार्नेछन । प्रतियोगिताको गत वर्षको १६ औ सस्करण नेपाल आर्मीले हात पारेको थियो । खेल दिउसो ३ बजे फिफा टेक्निकल सेन्टर देवीनगर बुटवलमा हुनेछ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s