दशैं मेलामा परेको चट्याङ्गबाट एक बालकको मृत्यु/दर्जनौ घाइते


बाजुरा, कार्तिक ६ – तोली गाविसको पुर्भुता गाउँमा कोजाग्रत पुणिर्माका अवसरमा लागेको दशै मेलामा परेको चट्याङ्गबाट शुक्रवार राति एक बालकको मृत्यु भएको छ, भने भागदौडका क्रममा अन्य दर्जनौ घाइते भएका छन् ।

मेला हेर्न गएका बाह्रविस-९ सिमलकोटका १२ वर्षीय खेमराज जैशीको चट्याङ्ग लागेर घटनास्थलमै मृत्यु भएको हो । मध्य रातमा एकाएक चट्याङ्ग परेपछि दशैको मेला हेर्न गएका हजारौं दर्शकहरुबीच भागदौड मच्चिएको थियो । त्यस क्रममा ४० जना भन्दा बढी घाइते भएका स्थानीय बासिन्दा सुरेन्द्रबहादुर शाहीले बताएका छन् । २७ जना स्थानीय उपस्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका चौकीले जनाएको छ । घाइतेहरुको थप उपचारका लागि जिल्ला सदरमुकाम मार्तडीबाट स्वास्थ्यकर्मीको टोली घटनास्थल तर्फ हिडेको र प्रहरी भने घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ ।

पुर्भुता गाउँमा हरेक वर्ष कोजाग्रत पुणिर्माका दिन दशैको भव्य मेला लाग्ने गर्दछ । राँगा बोकाको बली पुजापछि रातभर स्थानीय देउडा खेल लाग्ने भएकाले छिमेकी गाविस र अछाम जिल्लाबाट समेत हजारौ दर्शकहरु पुर्भुुता पुग्ने गर्दछन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s