पर्यटकलाई दुव्र्यव्यवहार गर्ने पक्राउ


लमजुङ-, कार्तिक ६ –  विदेशी पर्यटकमाथि दुव्र्यवहार गरेको र रक्सी खाएर होहल्ला गरेको भन्दै प्रहरीले शुक्रबार राति बेसीशहरको विभिन्न ठाउँबाट सात जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले चार जनालाई मनाङ्गे चौतरास्थित होटल थ्रोङलाबाट र तीन जनालाई बेसीशहरको जनस्वास्थ्य कार्यालय नजिक रहेको नवारी गुठी जग्गाबाट पक्राउ गरेका हुन् । होटल थ्रोङलाबाट पक्राउ पर्नेमा बेसीशहर शेराका शंम्शोधित मिया, त्रिवेणीटोलका हरि बस्नेत, झिगेखोलाका निराज अधिकारी र ठाडोलाइनका सुरज रञ्जित रहेका छन् । उनीहरुले होटलमा बसेका पर्यटकसग अनावश्यक कुरा गर्ने र दुव्र्यवहार गर्दै गर्दाको अवस्थामा गस्तीमा गएका प्रहरीले राती ९ बजेतिर पक्राउ गरेको प्रहरी निरिक्षक आनन्दमणी लामिछानेले बताए ।

यसैगरि गुठी जग्गामा भाडामा बसेकाहरुको घरमा रक्सी खाएर होहल्ला गर्ने बेसीशहरका राम राना, विजय श्रेष्ठ र विदुर बस्नेतलाई पनि शुक्रबार राति नै पक्राउ गरेको हो । पक्राउ पर्ने ७ जनालाई नै हिरासतमा राखिएको छ ।

Advertisements

One thought on “पर्यटकलाई दुव्र्यव्यवहार गर्ने पक्राउ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s