लेनोभोको नयाँ पीसी आउँदै


बेइजिङ, कात्तिक ६ (एजेन्सी)- लेनोभो कम्पनीले नयाँ ट्याब्लेट पर्सनल कम्प्युटर (पिसी) बजारमा ल्याउने भएको छ। कम्पनीले बजारमा ल्याइसकेको आइडियाप्याड-यु-१ जस्तै मोडेलको नयाँ ट्याब्लेट ल्याउन लागेको हो।लेनोभोले बनाउन लागेको नयाँ हाइब्रिड कम्प्युटरले ल्यापटप र ट्याब्लेट दुवैको काम गर्ने कम्पनीका वरिष्ठ अधिकारीले बताएका छन्। लेनोभोका व्यापार निर्देशक जिओङ वेनले सन् २०११ को मध्यसम्ममा यस्तो ट्याब्लेट विश्वभरी फैलाउने जानकारी दिए। उनले यसै बर्षको अन्त्यमा दुई प्रकारका डिभाइस चीनको आन्तरिक बजारमा ल्याउने बताए। बेजिङमा भइरहेको इनोभेसन एक्पोमा बोल्दै उनले गत जुलाइदेखि ट्याब्लेट पिसी बनाउन काम थालेको जानकारी दिए। लेनोभो चीनको सबैभन्दा ठुलो पिसी उत्पादक कम्पनी हो।

कम्पनीले लिप्याड ब्रान्डमा नयाँ पिसी बजारमा ल्याउन लागेको हो। गत जनवरीदेखि कम्पनीले आइप्याड यु-१ बजारमा ल्याएको थियो। अन्य चिनिया कम्पनीहरूले यस्ता खालका हाइब्रिड पिसी बजारमा ल्याएसकेकाले लेनोभोले पनि ल्याउन लागेको हो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s