१९ पटक सगरमाथा चढेका आरोही हिमपहिरोमा वेपत्ता


काठमाडौं, कात्तिक ७ – सगरमाथा शिखरमा १९ पटक टेकिसकेका छेवाङ निमा शेर्पा अर्का एक आरोहीसहित हिमपहिरोमा बेपत्ता भएका छन्। उनी केवल सात हजार एक सय ३० मिटर अग्लो शिखर आरोहणका क्रममा शनिबारदेखि बेपत्ता भएका हुन्। सर्वोच्च शिखरमा सबैभन्दा बढी पाइला राख्ने आप्पा शेर्पा (२० पटक)लाई पछ्याउने निमा नै थिए।

४३ वर्षे निमा अर्का एक आरोहीका साथमा बेलायती आरोहण दलका निम्ति डोरी ओछ्याउँदा ओछ्याउँदै बरुन्से हिमालमै हिमपहिरोमा परेका थिए। उनी शिखरभन्दा केवल ८५ मिटर तल रहेको बेला यो दुर्घटना भएको शेर्पा सांग्रीला ट्रेक एण्ड एक्स्पीडिसनले आइतबार बताएको छ। आरोहण दलका अन्य सदस्यले त्यस क्षेत्रमा हिउँ खोतल्दा पनि फेला पार्न नसकेको जनाएका थिए। आरोहण दलका अन्य सदस्य सकुशल रहेको र उद्धारका निम्ति आइतबारै त्यसतर्फ हेलिकोप्टर पठाइएको एक्स्पीडिसनका जीवन घिमिरेले बताएका छन्। source : nagarik

One thought on “१९ पटक सगरमाथा चढेका आरोही हिमपहिरोमा वेपत्ता

Leave a comment