दशैंमा आएकाहरु फर्कने बढे


कार्तिक ८ (सोलु अनलाइन) – दशैं सम्पन्न भए पछि दशैंका लागि घर आएकाहरु कार्य क्षेत्रमा फर्कने क्रम तिब्र भएको छ । सोलुखुम्बुको सल्लेरी स्थित फाप्लु बिमानस्थलवाट हवाई जहाज मार्फत् तथा हिडेर दैनिक सयौं मानिसहरु काठमाण्डौ तथा अन्यत्र लाग्ने गरेकाछन् । सधैं यात्रुहरुको चाप तिब्र हुने फाप्लु बिमानस्थलमा अहिले सदा भन्दा यात्रुहरुको चाप बढी रहेको एयरलाइन्सहरुले जनाएकाछन् । फाप्लु बिमानस्थलवाट हिजो मात्रै नेपाल एयरलाइन्स र तारा एयरलाइन्सको जहाज मार्फत् ८० भन्दा बढी यात्रु काठमाण्डौ र विराटगर तिर गएकाछन् । सडक यातायात सदरमुकामसम्म जोडिए पनि भरपर्दो नभएको तथा यात्रुवाहक सवारी साधनहरु नचलेकाले बिकल्पको रुपमा यस क्षेत्रका नागरिकहरुले हवाई सेवा मात्रै प्रयोग गर्नु परेको छ । फाट्ट फुट्ट चल्ने सवारी साधन पनि हाल साल्मे सिस्नेरी खण्डमा सडक बिग्रिएकाले सडक सेवा अवरुद्ध रहेको छ । काठमाण्डौ – फाप्लु तथा फाप्लु – काठमाण्डौ भने दैनिक ३÷४ फ्लाइट उडान भए पनि विराटनगर – फाप्लुका लागि भने हप्ताको एउटा मात्र उडान भएकोले यात्रुहरु मारमा परेकाछन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s