कुटनीतिक सम्बन्ध बिग्रन सक्छ : भारतीय राजदूत सूद


काठमाडौं, कार्तिक १० – भारतीय राजदूत राकेश सूदले आफूलाई जुत्ता हान्ने माओवादी कार्यकर्ताहरुलाई कारबाही नभएको भन्दै परराष्ट्रमन्त्रीसँग असन्तुष्टि जनाएका छन् । बुधबार परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उनकै कार्यकक्षमा गएर भेटेका राजदूत सूदले दोषि माओवादीलाई कारबाही नगरे दुई देशबीचको कुटनीतिक सम्बन्ध बिग्रन सक्ने चेतावनी दिएका छन् ।

परराष्ट्रमन्त्री कोइरालाले कानुन बमोजिम अभद्र व्यवहार प्रदर्शन गर्ने दोषि माओवादीलाई कारबाही गर्ने प्रतिवद्धता जनाइन् । ‘राकेश सूदमाथिको आक्रमण व्यक्तिका लागि मात्रै नभई भारतमाथिकै असभ्य व्यवहार हो,’ भेटपछि मन्त्री कोइरालाले भनिन्, ‘यो कुटनीतिक मर्यादाविरुद्धमा छ ।’

सूदमाथिको आक्रमणले सरकारलाई गम्भीर बनाएको भन्दै उनले जुत्ता प्रहार गर्नेमाथि कस्तो कारबाही गर्ने भन्ने कानुन नभए, कानुनै बनाएरै भए पनि कारबाही हुने बताइन् । ‘जसलाई जे मन लाग्यो त्यहि गर्ने छुट कसैलाई पनि छैन,’ उनले प्रश्न गरिन् ।

सोलुखुम्बुमा माओवादी पोलिटब्युरो सदस्य गोपाल किराँतीको नेतृत्वमा जुत्ता हानेपछि आक्रोसित राजदूत सूदले दोषिलाई कारबाही नभएकोमा असन्तुष्टि पोख्दै आएका छन् । उनले यसबीचमा गृह सचिव गोविन्द कुसुमलाई भेटेर आफ्नो सुरक्षा नमिलाएको भन्दै आक्रोस पोखेका थिए ।

मंगलबार उनले रक्षामन्त्री विद्या भण्डारीलाई भेटेर दोषिमाथि कारबाही गर्न माग गरेका थिए ।

Advertisements

One thought on “कुटनीतिक सम्बन्ध बिग्रन सक्छ : भारतीय राजदूत सूद

  1. Maubadi le nai haneko hun vanne k praman????? 95% nepali hate Rakesh Sud……….. i also hate ….. but i m not maubadi….

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s