राजपरिवारको नाममा रहेको गुठी खारेज हुन्छ – मन्त्री श्रेष्ठ


काठमाडौ, १० कार्तिक (सोलु अनलाइन) – भूमिसुधार तथा ब्यवस्था मन्त्री डम्बर श्रेष्ठले पूर्व राजपरिवारको नाममा रहेको गुठीहरु तत्काल खारेज गरिने दृढता ब्यक्त गर्नु भएको छ । मुलुकबाट औपचारिक रुपमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको लामो समय वितिसक्दा समेत धादिङको ज्यामरुङ गाविसमा अझै जनताहरुले श्री ५ को बायू गुठीको नामबाट मालपोत बुझाईरहनु परेको विषयमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री श्रेष्ठले अहिले पनि पूर्व राजपरिवारको नामबाट गुठी कायम रहनु गणतन्त्रबादीहरुकालागी लज्जास्पद भएको बताउनु भयो ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य गंगालाल तुलाधरले श्री ५ को बायू गुठी मन्त्रीस्तरीय निर्णयबाट हटाउन सकिने दावी गर्दै त्यहाबाट नहुने भए प्रधानमन्त्री माधवकुमार नेपाललाई भनेर पनि हटाई छाडने दृढता ब्यक्त गर्नु भयो ।
एकीकृत नेकपा माओवादीकी सभासद कल्पना धमलाले मुलुकबाट राजतन्त्रकै अन्त्य भईसकेको अवस्थामा राजतन्त्रको अवशेषको रुपमा यस्ता गुठीहरु रहन नहुने बताउनु भयो । उहाँले सरकारको लापरवाहीले अहिले पनि यस्तो लज्जास्पद विषय बाँकी रहेको भन्दै यसलाई तत्काल मन्त्रीस्तरीय बैठकबाटै हटाउनु पर्ने माग गर्नु भयो । सभासद धमलाले मुलुकमा क्रान्तिकारी भूमिसुधार लागु नगरेका कारण यस्ता समस्या कायम रहेको दावी पनि गर्नु भयो ।
नेपाली काग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारीले धादिङ ज्यामरुङमा मात्रै होईन अन्य जिल्लामा समेत अहिलेसम्म श्री ५ को बायू गुठि अहिलेसम्म कायम रहेको भन्दै यसलाई तत्काल हटाउन माग गर्नु भयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s