जुत्ता प्रहार प्रकरणमा कूटनीतिक समूहद्वारा चासो


काठमाडौ, कार्तिक ११ – भारतीय राजदूत राकेश सूदमाथि सोलुमा भएको जुत्ता प्रहारलाई ‘गम्भीर’ भन्दै नेपालस्थित कूटनीतिज्ञ समूह -डिप्लोमेटिक कोर) ले नेपाल सरकारसमक्ष चासो व्यक्त गरेको छ । डिप्लोमेटिक कोरका डिन रहेका नेपालका लागि रुसका राजदूत एन्ड्री लिओनिदोभिच त्रोफिमोभले बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालासँग राजदूत सूदमाथि भएको आक्रमण कूटनीतिक मर्यादाविपरीत भएको उल्लेख गर्दै चासो राखेका हुन् ।

‘भारतीय राजदूत सूदमाथि भएको अभद्र व्यवहारप्रति नेपालस्थित सम्पूर्ण कूटनीतिज्ञका तर्फबाट चासो प्रकट गर्दछु,’ बिदाइ भेट गर्न पुगेका उनले उपप्रधानमन्त्री कोइरालासँग भने । उपप्रधानमन्त्री कोइरालाले पनि डिप्लोमेटिक कोरको डिनका हैसियतले राजदूत सूदमाथि भएको जुत्ता प्रहारका विषयमा चासो व्यक्त भएको बताइन् । ‘बिदाइ भेट गर्न आउनुभएका राजदूतले डिप्लोमेटिक कोरको डिनका हैसियतले सम्पूर्ण कूटनीतिज्ञको तर्फबाट भारतीय राजदूतमाथि भएको अभद्र व्यवहारप्रति चासो प्रकट गर्नुभयो,’ उनले भनिन् ।

राजदूत त्रोफिमोभ नेपालस्थित सबै विदेशी कूटनीतिज्ञको समूह ‘डिप्लोमेटिक कोर’ का डिन हुन् । उनलाई नेपालमा भएका सबै दूतावासका तर्फबाट बोल्ने अधिकार हुन्छ । हरेक देशमा यस्तो डिप्लोमेटिक कोर हुन्छ । डिनले सामान्यतः सबै राजदूतसँग छलफल गरेपछि मात्र कुनै पनि विषयमा बोल्छन् ।

‘डिप्लोमेटिक कोरका डिनले बोलेको कुरा कूटनीतिक रूपमा गम्भीर रूपमा लिनुपर्छ,’ पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका भारतका लागि पूर्वनेपाली राजदूत भेषबहादुर थापाले भने, ‘सोलु घटनाबारे राज्यले जस्तो व्यवहार गर्नुपथ्र्यो, त्यसमा कमी भएर पो डिन बोलेका हुन् कि ?’ राजदूत सूदले जुत्ता हान्नेमाथि कारबाहीको माग गर्दै आएका छन् ।

डिप्लोमेटिक कोरको डिन सबैभन्दा पुरानो राजदूत हुन्छ । राजदूत त्रिफिमोभले नेपालका लागि रुसका राजदूतका रूपमा यहाँ करिब साढे पाँच वर्ष बिताएका छन् । राजदूतका समस्या र अप्ठ्यारा डिप्लोमेटिक कोरका डिनले सरकारलाई राख्छ । यसैबीच, उपप्रधानमन्त्री कोइरालाले बुधबार भारतीय राजदूत सूदलाई आफ्नै कार्यालयमा बोलाई सोलु घटनाबारे छलफल गरेकी छन् ।

बुधबार दिउँसो १५ मिनेट भएको छलफल सोलु घटनामा मात्र केन्दि्रत थियो । ‘मैले नै बोलाएकी हुँ,’ उपप्रधानमन्त्री कोइरालाले भनिन्, ‘सोलु घटनाबारे छलफल भयो ।’ चिनियाँ सीमावर्ती क्षेत्रमा भारतीय सहयोगका परियोजना उद्घाटन गर्न गएका सूदमाथि असोज २० गते सल्लेमा माओवादी नेता गोपाल किराँती नेतृत्वको टोलीले जुत्ता प्रहार गरेको थियो ।

राजदूत सूदले आफूलाई जुत्ता प्रहार गर्नेमाथि कारबाही नभएकामा  असन्तुष्टि जनाउँदै आएका छन् । उनले सोमबार गृहसचिव गोविन्द कुसुमसमक्ष असन्तुष्टि जनाएका थिए । सूदले असन्तुष्टि जनाएपछि सोमबारै गृह मन्त्रालयले विदेशी कूटनीतिज्ञलाई सुरक्षा प्रदान गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । राजदूत सूदले मंगलबार रक्षामन्त्री विद्या भण्डारीसँगको भेटमा पनि सोलु घटनाबारे कुरा गरेका थिए ।

सूदलाई भेटेपछि उपप्रधानमन्त्री कोइरालाले जुत्ता प्रहार भियाना कन्भेन्सन र कूटनीतिक मर्यादाविपरीत भएको प्रतिक्रिया दिइन् । ‘सूदमाथिको जुत्ता प्रहार भारतमाथिको आक्रमण हो,’ उनले भनिन्, ‘यस्तो घटनाले देशमा अस्थिरता निम्त्याउँछ ।’

सोलु घटनाको तेस्रो दिन गृहले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै पहिलो विज्ञप्ति जारी गरेको थियो । सरकारले घटना छानबिन गर्न सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति बनाएको छ । गृहले उक्त घटनाका सम्बन्धमा भएको कामकारबाही छानबिन गरी प्रतिवेदन उपलब्ध गराउन सोलुखुम्बुका प्रजिअलाई निर्देशन दिएको छ ।

सोलु घटनाबारे भारतीय विदेश मन्त्रालयले भारतस्थित नेपाली राजदूत रुक्मशमशेर राणालाई बोलाई सोधपुछ गरेको थियो भने भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाई असन्तुष्टि जाहेर गरेको थियो ।

परराष्ट्रले दूतावासको उक्त पत्रबारे आइतबार गृहलाई जानकारी गराउँदै विदेशी कूटनीतिज्ञलाई थप सुरक्षाको प्रत्याभूति गराउन आग्रह गरेको थियो ।

‘परराष्ट्रको सल्लाहविपरीत सोलु गएका’

राजदूत राकेश सूद विरोध प्रदर्शन हुने जानकारी हुँदाहुँदै सोलु गएको परराष्ट्रका एक उच्च अधिकारीले जनाए ।

ती अधिकारीका अनुसार सोलु भ्रमण गर्ने जानकारी पाएको केही दिनअघि स्थानीय शेर्पा समुदाय सम्बद्ध संस्थाले राजदूतको विरोध गर्ने जनाएका थिए । ‘हामीले भारतीय राजदूतलाई भ्रमणको केही दिनअगाडि नै विरोध प्रदर्शन हुने सूचना पाएको जानकारी गराएका थियांै,’ उनले भने, ‘उहाँले भ्रमण सार्नुहोला भन्ने हाम्रो आशा थियो ।’

तर राजदूत सूदमाथि जुत्ता नै प्रहार गर्नेसम्मको क्रियाकलाप होला भन्ने नलागेकाले भ्रमण गर्नबाट सोझै रोक्न नसकिएको ती अधिकारीले जनाए ।  

राजदूतले मर्यादा मिचेको भन्दै विरोध

नेपालका लागि भारतीय राजदूत राकेश सूदले गृहसचिव गोविन्द कुसुमलाई कूटनीतिक माध्यम प्रयोग नगरी सोझै भेटेकामा गृहका कर्मचारीले विरोध गरेका छन् । राजदूत सूदले सचिव कुसुमलाई बुधबार सीधै भेटेका थिए ।

एउटा देशको कूटनीतिज्ञले अर्को देशमा काम गर्दा आफ्नो मात्रै मर्यादा खोज्न नहुने, कार्यरत देशको कूटनीतिक मर्यादा पनि पालना गर्नुपर्ने नेपाल निजामती कर्मचारी युनियन गृह विभागका अध्यक्ष चुणाराज भट्टराईले बताए । ‘कुनै समस्या भए अन्तर्राष्ट्रिय प्रचलनअनुसार परराष्ट्र मन्त्रालयमार्फत गुनासो र समस्या आउनुपर्दथ्यो,’ उनले भने, ‘पत्रपत्रिकामा आएको कुरा सत्य हो भने, भारतीय राजदूतले सोझै गृहसचिवलाई भेटेर गरेको व्यवहार आपत्तिजनक छ ।’ सूद गृहमन्त्रालय जाँदा गृहमन्त्री भीम रावल भने विदेश भ्रमणमा थिए ।

राजदूत सूदले सोमबार गृहसचिव गोविन्द कुसुमलाई परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नदिई भेटेका थिए । ‘भारतीय राजदूतले गृहसचिवलाई भेटेको औपचारिक जानकारी परराष्ट्रलाई छैन,’ परराष्ट्रका एक उच्च अधिकारीले भने ।

Advertisements

3 thoughts on “जुत्ता प्रहार प्रकरणमा कूटनीतिक समूहद्वारा चासो

  1. सुद्को गतिविधी हेर्दा लाग्छ अझै उन्लाई अरु जुताको खाण्चो छ्। तर त्यो सरकारको तर्फबाट हुनुपर्छ।

  2. hahahah hahah kay haso lhagne kura gahrcha yo dhoti haru le afno tauko ma vaisi hideko ndekha ne aru ko tauko ma jumra hideko dekhi ne rakesh sudh boot hane lai kina karbahi gharnu pareu tyo india ko simana ma bhasne nepali haru lai dinai dhoti haru le dukha diyako chai dekhi ko chaina ho nepal sarkar le ahile saam kun kun dhoti lai karbahi gahreu nepali lai dukha dine lai ani tyo shabshad lai marne damki dine dhoti lai karbahi ghareu nepal sarkar le ali kam bhaya cha boot le hane cha matra socks ko garland bhanay ra lai dinu parne dhoti lai …

  3. nepal ko swadhinta maa eyes lagauda yastai hunchha!!!!!! yo ta nepali janta le napeko matra ho cutting garna ta baki nai chha……..

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s