उडान नहुँदा विमानस्थलमानै खाद्यान्न कुहियो


मन्थली, कार्तिक १२ – सोलुको लुक्ला र स्याङवोचे लानका लागि ठिक्क पारेका सयौं वोरा चामल र अन्य सामग्री रामेछाप विमानस्थलमा सड्न थालेका छन् । सोलु लान सामाग्री तयार पारे पनि जहाज उडान हुन छाडेपछि ति सामान विमानस्थलमानै सडन लागेका हुन । तारा एयरले रामेछापबाट सोलु तर्फ सामान लान २ वटा पिलाटस पोर्टरलाई प्रयोगमा ल्याउने गरेको थियो । केहि दिन देखि उक्त जहाजले उडान गरेका छैन ।

सोलुका उडाउनका लागि खाद्य लगाएतका सामान विमानस्थल मैदानमानै थुपारिएको छ । त्रिपाल ओडाएर भूँईमा राखिएका समानहरु सडन लागेकोमा व्यवसायीहरु एयरलाईन्स संग रुष्ट छन् । विमानस्थलमा थुपारिएका सामानमा चामल, खानेतेल, चाउचाउ, विस्कुट लगाएत धेरै मात्रामा रहेका छन् । ति सामानहरु महिनौ देखि विमानस्थलमा थुपारिएको श्रोतले जनाएको छ । थुपारिएका मध्ये करिव ३ सय बोरा चामल खान अयोग्य भईसकेको पनि श्रोतले उल्लेख गरेको छ ।

तारा एयरले सामाग्री ढुवानीका लागि प्रयोगमा ल्याएका दुई वटा पिलाटस पोर्टर जहाजलाई यो मौसममा सोलुका लागि पर्यटक ओसार्दै दिन जाने गरेको छ । सामाग्रीको भन्दा पर्यटक ओसार्दा धेरै पैसा आउने भए पछि जहाज आउन छोडेको गुनासो व्यवसायीहरुले गरेका छन् ।

मौसम सफा भएकाले तारा एयरले सोलुमा स्काई उडान गरिरहेको बुझिएको छ ।  खतरनाक पर्वतीय उडान गराउँदा धेरै आम्दानी हुने भएकोले सामान ओसार्ने काम ओझेलमा परेको व्यवसायीको गुनासो छ । सोलुको लुक्ला र उपल्लो भागमा पर्ने स्याङवोचेमा सडक यातायात नहँुदा हवाई मार्ग भएर मात्र सामाग्रीहरु ढुवानी हुदै आएको छ ।

सोलुमा सामान पठाउन आकाशे विमानस्थल वसेका काठमाण्डौंका व्यवसायी सोनाम तामाङका अनुसार तिन दिन देखि जहाजले एक उडान पनि गरेको छैन् । कुनै वेला दिनमा आठ उडान गर्दा पनि सामान लान नसक्ने जहाजले दशै अघि देखि उडानमा कमि ल्याएको हो । ‘उडान भए पनि दिनमा एउटा दुईटा हुन्छ त्यसले के भ्याउँथ्यो’ उनले भने । सोनाम जस्तै सामान पठाउनका लागि विमानस्थल कुरेर वसेका दर्जन व्यवसायीहरु अहिले त्यसै दिन काटिरहेका छन् ।

तारा यएरले रामेछाप विमानस्थल देखि सोलुको लुक्लामा सामान लैजादा प्रतिकेजि ६० र स्याङवोचेमा सामान लैजादा प्रतिकेजि ७० रुपैया लिदै आएको छ । जहाजले एक उडानमा ७ सय केजि सम्म सामान ओसार्ने गर्छ । काठमाण्डौं विमानस्थलमा धेरै समय कुरेर उडान र अवतरण गर्नु पर्ने तथा लामो दुरीको उडान गर्नु पर्ने भएकाले उक्त जहाजलाई रामेछापबाट उडान गराईएको वुझिएको छ । रामेछाप काठमाण्डौ र सोलुको विच भागमा पर्छ । रामेछाप विमानस्थलमा अन्य उडान नहुने भएकाले पनि उडान र अवतरणका लागि सधै खाली हुने गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s