एसपी खरेलको ठाउँमा हमाल


काठमाडौं, कात्तिक १२ – अभिनेता राजेश हमालले धेरै फिल्ममा प्रहरीको भूमिका निर्वाह गरेका छन्। तर, फिल्म ‘बजार’मा भने उनी एकजना चर्चित पुलिस अफिसरको रूपमा देखिँदैछन्। फिल्ममा उनको ‘इन्ट्री’ एसपी खरेलको नाममा हुनेछ। यो रोल काठमाडौं प्रहरी प्रमुख रमेश खरेलको चरित्रसँग मिल्दोजुल्दो बताइएको छ।

फिल्मका लेखक ब्रजेश खनालले राजेशको भूमिका एसपी खरेलसँग धेरै नजिक रहेको जानकारी दिए। ‘फिल्मको अन्त्यतिर काठमाडौंको स्थिति सम्हाल्न एकजना पुलिस अफिसरलाई झिकाइन्छ,’ उनले नागरिकलाई भने, ‘त्यो व्यक्तिको भूमिका मैले एसपी खरेलबाटै प्रभावित भएर लेखेको हुँ।’ खरेलको ‘डायनामिक’ छविसँग राजेशको भूमिका निकै मिल्ने उनको दावी छ। कुनै पनि लेखाइ पूरा काल्पनिक हुन नसक्ने बताउँदै उनले वास्तविक चरित्रलाई फिल्मको पात्र बनाइएको जनाए।

 

// //

  खरेललाई यो भूमिकामा अभिनय गर्न समेत आग्रह गरिएको उनले बताए। ‘सम्झेकोमा धन्यवाद भन्नु भयो। तर, खेल्न मान्नुभएन,’ लेखक खनालले भने। फिल्ममा यो प्रसंग छोटो तर निकै महŒवपूर्ण रहेको उनले बताए। फिल्मका निर्माता एवं कलाकार अर्जुन कार्कीले कथासँग मिल्दो भएकोले खरेलको भूमिकामा राजेशलाई खेलाएको जानकारी दिए।

एसपी खरेलले भने फिल्ममा आफ्नो प्रसंग रहेकोबारे जानकारी नभएको बताए। ‘कसैले मेरो कामबाट प्रभावित भई फिल्ममा राखेका हुन् भने त खुशीको कुरा हो,’ आफ्नो भूमिका राजेशले निर्वाह गरेको थाहा पाएपछि उनले भने, ‘उनी एकेडेमिकल्ली पनि साउन्ड कलाकार हुन्। मैले उनको केही फिल्म हेरेको छु। नेपालको सुपरस्टारले त्यो रोल गरेको सुन्दा गर्व लाग्यो।’

लामो कपालमै प्रस्तुत भएका राजेशको हुलिया कस्तो होला उनलाई जिज्ञासा छ। ‘पुलिसले भेष बदलिएर पनि काम गर्नुपर्ने हुन्छ। तर, कस्तो प्रसंग हो हेरेपछि मात्र सुहाउँदो हो कि होइन भन्न सकिन्छ,’ उनले भने।

आफ्नो भूमिका फिल्ममा राख्नेले आफूसँग जानकारी नलिएकोमा उनले अचम्म लागेको बताए। ‘विदेशतिर त कुनै व्यक्तिको बारेमा फिल्म बन्दा निकै वर्ष लगाएर अध्ययन गरेको सुनिन्छ। मेरो भूमिकामा राजेश हमाल खेलेको फिल्मको सुटिङ सकिइसकेछ बल्ल थाहा पाउँदैछु,’ आफूलाई कसरी चित्रण गरिएको रहेछ थाहा पाउनकै लागि भए पनि फिल्म हेर्ने उनले बताए।

द्वन्द्वनिर्देशक एनबी महर्जनले पहिलोपटक निर्देशन गरेको ‘बजार’को अहिले सम्पादन भइरहेको छ। यसमा अर्जुन कार्की, अरुणिमा लम्साल, जयकिशन बस्नेत लगायतले अभिनय गरेका छन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s