पौडेल १४ औं पटक पराजित


प्रधान मन्त्रीको अर्को चुनाव ३ दिनपछि-
काठमाडौं, कात्तिक १२ – प्रधान मन्त्रीका एक्ला उम्मेद्वार तथा कङ्ग्रेस नेता रामचन्द्र पौडेल चौधौं पटक पराजित भएका छन्। उनको पक्षमा ९६ मत मात्र पर्‍यो भने विपक्षमा २ मत परेको छ। ४० सभासद भने तटस्थ बसेका थिए।

प्रधान मन्त्रीका लागि आज हुने चौधौं पटकको चुनावअघि नै पन्ध्रौं चुनाव हुने मिति तय भएको थियो। संविधानसभाको कार्यव्यवस्था परामर्श समितिले गरेको निर्णयअनुसार अर्को चुनाव तीन दिनपछि कात्तिक १५ गते हुने भएको छ। यसैबीच आज हुने चुनावमा पनि अघिल्ला समीकरणहरुमा परिवर्तन नआएकाले प्रधान मन्त्रीका एक्ला उम्मेद्वार रामचन्द्र पौडेलले हार्ने निश्चित भएको छ। पछिल्ला चुनावहरुमा कङ्ग्रेसकै सभासदहरु अनुपस्थित हुन थालेकाले प्रधान मन्त्रीको चुनावप्रति चासो घट्दै जान थालेको देखिन्छ।

यसअघिका उम्मेद्वार एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेद्वारी फिर्ता लिइसकेका छन्। उनीहरुले कङ्ग्रेस उम्मेद्वारलाई पनि उम्मेद्वारी फिर्ता लिएर नयाँ सहमति कायम गर्न दबाब दिइरहेका छन्। तर कङ्ग्रेसले उक्त प्रस्ताव मानिरहेको छैन। जसका कारण चुनाव हुने र हार्ने क्रम जारी छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s