धार्मिक संस्कृतिले भरिएको मानेरिम्डु पर्व र पर्यटनको सम्भावना


सुजता तामाङ
सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट करिब अढाई घण्टाको पैदल दुरीमा रहेको चियोङ गुम्बा साङे गुठी जसले पुरानो संस्कृति बोकेको छ। साँस्कृतिक तथा धार्मिक महत्व बोकेको यस गुम्वा ईस्वी सम्बत १९२३ सालतिर तिब्बतवाट आएका खाम्पा स्वर्गिय साङगे लामाले आफ्नै निजी श्रोतबाट स्थापना गर्नु भएको हो।

बौद्धधर्मावलम्बीहरुको आस्थाको धरोहरका रुपमा रहेको यस गुम्बा पुस्ता हस्तान्तरणको क्रमसँगै अहिले पाचौं पुस्तासम्म आईपुगेको छ। भिरको थाप्लामा देखिने यो गुम्बा नाम जस्तै गरी एकान्त र खोंचमा अवस्थित छ। यो गम्बामा बर्षेनी आयोजना गरिने बिभिन्न लामापाठ तथा धार्मिक कार्यक्रमले गुम्वाको परिचय र महत्व अझ व्यापक बनाएको छ। यस गुम्बालाई चिनाउने मुख्य पर्व भनेको मानेरिम्डु हो ।

बेलाबेला सानाठुला कार्यक्रम आयोजना गरिने गरेको भएपनि यस गुम्वामा मनाईने सवैभन्दा ठुलो पर्व मानेरिम्डु नै हो। तिब्बतको जरङफुमा स्थापना भएको गुम्वाबाट मानेरिम्डु पर्व शुरु भएको मानिन्छ। औतारी लामा ङवाङ तेञ्जिङ्ग नोर्वुबाट सोलुखुम्बुका ३ वटा चर्चित गुम्बाहरुमा पनि यो पर्व  शरुवात गर्ने आज्ञा भए बमोजिम तेङबोचे, थामे र चियोङ गुम्बामा ७० बर्ष अघिदेखी बर्षेनी यो पर्व मनाईदै आएको चियोङ गुम्वा साङे गुठी ट्रस्टका अध्यक्ष आङ दोर्जी लामाको भनाई छ। विशेष गरी ३ दिनसम्म मनाईने यो पर्व शुरुवातमा औतारी लामाद्वारा छेओङ प्रदान गरिन्छ।

त्यसैगरी दोश्रो र तेश्रो दिन छ्याम तथा जिन्साक कार्यक्रम हुने गर्दछ । धार्मिक शास्त्र अनुसार छेओङको अर्थ “छे” भनेको मान्छेको आयु र ओङ भनेको प्रताप हो। मानिसको दीर्घआयुको लागी औतारी लामाद्वारा छेओङ प्रदान गर्ने गरिन्छ भने शक्ति प्राप्त होस भन्नको खातिर पनि ओङ प्रदान गरिने गरेको औतारी लामा साङसाङ रिम्पोछें बताउनुहुन्छ। आत्माशान्ति र दिगो शान्तिको कामना गर्दै सोही दिन औतारी लामाद्वारा मन्त्रिएको मनेरिलु र छेरेल प्रसाद वितरण गर्ने गरिन्छ। त्यसैगरी मानेरिम्डुको दोश्रो दिन शेर्पा संस्कार र संस्कृति अनुसारको विभिन्न नाचहरु प्रदर्शन गर्ने गरिन्छ। सजीव प्राणीको हत्या गरेमा हुन सक्ने कु-परिणाम समेटिएको सन्देशमुलक नाटहरु पनि प्रस्तुत गर्ने गरेको चियोङ  गुम्वाका मुख्य लामा बताउनुहुन्छ ।

यस्तै तेश्रो दिन जिन्सांक होम पुजा गरिन्छ। धुपीका दाउराहरु बालेर होम गरेको खरानी खेतबारीमा छर्किएमा अन्न उव्जाउ हुने, किरा फट्याङग्राले हैरानी नदिने विश्वास रहेको छ। चियोङ गुम्वा व्यबस्थापन समितीका अध्यक्ष शेर्पा भन्नुहुन्छ बौद्ध धर्म अन्तराष्ट्रिय जगतमा नै विख्यात छ। मानिस जन्मेपछि एकदिन अबश्य यस धर्तीबाट विदा हुनुपर्छ तर पटक-पटक पुर्नजन्म लिन सक्ने विश्वास भएकाले पनि यो धर्मप्रति सवैको विश्वास बढेको हो। त्यसैले यस्ता संस्कृतिको अबलोकनको लागी बौद्ध धर्मप्रति आस्थावान स्वदेशी मात्र नभएर अन्य धर्मावलम्बीहरुका साथमा विदेशी पर्यटकहरु पनि यहाँ आउँछन। नेपाल धार्मिक र सास्कृतिक रुपमा धनी देश भएकोले यहाँको संस्कार र संस्कृतीले समेत विदेशी पर्यटकहरुलाई नेपालमा आकर्षित गरिरहेको छ। बर्षेनी धेरै पर्यटकहरु यही पर्व नियाल्नकै लागी सोलुखम्बु जिल्लाका विभिन्न गुम्वाहरुमा आउने गरेका छन।

पर्यटन विकासको लागी यस्ता शेर्पा संस्कतिले सहयोग गरिरहेको पर्यटक गाईड रमेश राई बताउनुहुन्छ। यस बर्ष यही पर्व हेर्न सोलुखम्बुमा करिव २ हजारको हाराहारीमा पर्यटकहरु भित्रिएको वहाको अनुमान छ। आस्थाका आधारमा हामी छुट्टा-छुट्टै धर्मप्रति आस्थावान छौ। तर हामी सवै धर्मको गन्तव्य स्थल एउटै छ। हामी सम्पुर्ण प्राणीहरुको हित चाहान्छौ, आनन्द, शान्त वातावारण र सुखी जीवनको कल्पना गर्छौं। त्यही कुरा प्राप्तिको लागी हामी सघर्षशील छौं। धर्मका नाममा गरिने पाठपुजाले मनलाई आनन्दित बनाउने भएकाले हिजोआज बौद्ध धर्मप्रति धेरै धार्मिक संस्कृतिले मानिसहरुको विश्वास बढेको औतारी लामा साङसाङ रिम्पोछे बताउनुहुन्छ।

शेर्पा सस्कार र संस्कृति नबुझेकाहरुले पनि बुझ्न थालेपछि स्वागतयोग्य कार्य भनी प्रसंसा गर्न थालेको गुम्वा व्यबस्थापन समितीका अध्यक्ष शेर्पाको भनाई छ। बौद्धधर्म अनुसार धार्मिक कार्यको फल स्वरुप पटक-पटक अबतार फिर्ने बिश्वास रहेकोले पनि पाछिल्लो समयमा यो धर्मलाई सबैले चासोको साथ हेर्ने गरेको शेर्पा बताउछन। जिल्लाको सवैभन्दा उच्च स्थानमा रहेको तेङबोचे गुम्वा,चीनको सिमाना नजिकै रहेको थामे गुम्वा र चियोङ गुम्वामा मात्र सञ्चालन हुदै आएको यो पर्वको तिव्र प्रचारप्रसार गर्न सकेमा अझ धेरै पर्यटकहरु भित्राउन सकिने सम्भावना देखिन्छ। सोलुखुम्बु जिल्लामा मात्र साना ठुला करिव ६ सय भन्दा बढी गुम्वाहरु रहेका छन।

पुरातात्विक महत्व बोकेका गुम्वाहरु देखि लिएर नाम मात्रका गुम्वाहरु पनि रहेका छन। बौद्धधर्मप्रति सवैको आकर्षण बढ्दै जाँदा पुराना महत्व बोकेका गुम्वाहरुका सञ्चालकहरुका अनुसार गुम्वाको व्यबस्थापनका लागी निकै कठिनाई र समस्या छ। निजी श्रोतबाट स्थापना भएका गुम्वाहरुलाई त व्यबस्थापनमा झनै कठिनाई भईरहेको बताईएको छ। भौतिक रुपमा सुविधा सम्पन्न भएपनि आर्थिक तथा प्राविधिक रुपमा व्यबस्थापनको लागी समस्या हुने गरेको चियोङ गुम्वा व्यबस्थापन समितीका अध्यक्ष शेर्पा बताउनुहुन्छ। वहाँ भन्नुहुन्छ गुम्वाहरुरुको श्रेणीकरण गर्न आबश्यक भईसकेको छ। पुराना गुम्वाहरुको महत्व घट्दै जानु र नयाँ गुम्वाहरु होडबाजीमा रुपमा स्थापना गरिनुले समस्या सृजना गरेको छ। त्यसैले आवश्यक्ता हेरेर गुम्बाहरु स्थापना गरिनुपर्ने र नयाँ भन्दा पुरना गुम्बाहरुको संरक्षण र सम्वर्दनमा लाग्नु पर्ने अधिकारीहरु बताउँछन।

साभार: सोलुसमाचार

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s