प्रथम महिला सगरमाथा आरोही लुक्लामा


कार्तिक-१३/सोलुअन्लाइन – सर्बोच्च शिखर सगरमाथामा पहिलोपटक पाईला टेक्नुहुने महिला आरोही जुन्को तावेई तीन दिन अघि सोलुखुम्बु लुक्ला आइपुग्नु भएको छ । ७० बर्षिया जापानी नागरिक तावेईले चौरीखर्क स्थित ह्यार्जे एपल फार्म छेप्लुङ्गमा जापानबाट स्याउका बिरुवा ल्याएर रोप्नुको साथै लुक्ला प्रावी जाने बाटो मर्मतका लागि सहयोग गर्नु हुने सगरमाथा प्रदुषण नियन्त्रण समिती “एसपिसिसि” चौरीखर्कका उपाध्यक्ष निमदोर्जी शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाका अनुसार ताबेइले प्राप्त गरेको तेञ्जिङ्ग हिलारी अवार्ड बापत्को सबै रकम खुम्बु क्षेत्रको सरसफाईका लागि सगरमाथा प्रदुषण नियन्त्रण समिती “एसपिसिसि” लाई प्रदान गर्नुभएको छ । नेपाल पर्यटन बर्ष सन् २०११ शुरु हुन लाग्दा भएको तावेईको नेपाल भ्रमणलाई महत्वपुर्ण रुपमा लिइएको छ ।

ताबेइको जापानी प्रोजेक्ट हेड जे र सगरमाथा प्रदुषण नियन्त्रण समिति “एसपिसिसि” बीच विवाह –चिनो साटासाट) गरिएको छ । दुई देशको आपसी सम्बन्ध बढाउन तथा सहयोगको आदान प्रदानका लागि संस्थागत विवाह गरिएको हो ।यसैबिच लुक्लाबासीहरुले लुक्ला बजार र आसपासमा सरसफाइका साथमा माने, बोद्धहरुमा रङ्गरोगन अभियान शुरु गरेका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s