योङ्ग स्टारको काम सह्रानीय– डायलोगर्स ग्रुप


डेन्मार्कको डायलोगर्स ग्रुप योङ स्टार क्लब सोलुखुम्बु एजुकम्युनिकेशन परियोजनाको कार्यदेखि प्रभाबित भएको छ। बुधबार क्लवमा आयोजित कार्यक्रममा डायलोगर्सका सदस्य येनुसले परियोजना प्रभाबकारी रुपमा अघि बढेको बताउनुभयो । वहाले नयाँ कार्यक्रमका लागि पहल गर्ने समेत बताउनुभयो ।

योङ्ग स्टार क्लवका अध्यक्ष बुद्धिनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा डायलोगर्सका अर्का सदस्य क्यारिनले योङ्ग स्टार क्लव भबिष्यका लागि समेत उर्जाशिल भएको बताउनुभयो ।हाल परियोजना सञ्चालित क्षेत्र देउसा,जुबु र मुक्लीको साता व्यापी भ्रमण पछि डायलोगर्स सदस्यहरु विविध बिषयमा छलफलका लागि योङ्ग स्टार क्लवमा आइपुगेका हुन् । योङ्ग स्टार क्लवमा आयोजित कार्यक्रममा सोलुखुम्बु एजुकम्युनिकेशन परियोजना निर्देशक ङिमा पाख्रिनले परियोजनाले स्थानीयको आवश्यक्ता अनुसारको विकासका साथै क्षमता अभिवृद्धिका लागि प्रयास गरिरहेको बताउनुभयो ।

कार्यक्रममा क्लवका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले सबैको सामूहिक प्रयासवाट परियोजनाले राम्रो काम गर्न सफलता प्राप्त गरेको बताउनुभयो । कार्यक्रममा क्लवको तर्फवाट डायलोगर्स सदस्यहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रममा पहिलो सगरमाथा आरोही अष्ट्रेलियन महिला ब्रुसिट म्युरले योङ्ग स्टार क्लवसँग सहकार्य गरी काम गर्न इच्छुक रहेको बताउनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s