सोलु एफएम स्थापना दिवसको अवसरमा मिनी म्याराथुन प्रतियोगिता हुने


१४ कार्तिक (सोलु अनलाइन) – योङ्ग स्टार क्लव र सामुदायिक रेडियो सोलु एफएमको आठौ स्थापना दिवसको अवसरमा महिला पुरुष मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । सोलु एफएम सञ्चालक समितिको हिजो बसेको बैठकले सल्लेरी १ सुर्केदेखि सोलु एफएमसम्म मिनी म्याराथुन गर्ने निर्णय गरेको हो ।
म्याराथुन धावकहरुलाई टिसर्टको समेत व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ । गत बर्षहरुमा पुरुष खुल्ला म्याराथुन मात्रै गर्दै आएकोमा यस बर्षदेखि महिला म्याराथुन समेत थप गरिएको छ ।
म्याराथुनमा महिला तथा पुरुष तर्फ प्रथम, द्धितीय र तृतीय हुने धावकहरुलाई क्रमशः ३ हजार ३ सय ३३, २ हजार २ सय २२ र १ हजार १ सय ११ का साथमा कप, मेडल र प्रमाण पत्र पुरस्कार स्वरुप प्रदान गरिने स्टेशन म्यानेजर मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो । धावकहरुको आग्रह बमोजिम यस पटक नेपाली सेना तथा नेपाल प्रहरीमा कार्यरत व्यक्तिहरुले भने प्रतियोगितामा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।
नेपाल सरकारवाट इजाजत लिएको दिनलाई आधार मानेर सोलु एफएमले हरेक बर्ष कार्तिक २५ गते विविध कार्यक्रम गरेर स्थापना दिवस मनाउने गरेको छ । सोलु एफएमले हाल सोलु समाचार साप्ताहिक नामको साप्ताहिक पत्रिका पनि प्रकाशन गरिरहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s