रिमरेकको सहयोगवाट एक हजार बढि लाभान्वित


१४ मंसिर (सोलु अनलाइन) – बैकल्पिक उर्जा प्रदर्बन केन्द्र उर्जा क्षेत्र सहयोग कार्यक्रम श्रोत ब्यबस्थापन तथा ग्रामिण शसक्तीकरण केन्द्र रिमरेकले सञ्चालन गरेको लघु जलबिद्युत सहयोग कार्यक्रमवाट सोलुखुम्बुका १ हजार ४ सय ७७ घरपरिवार लाभान्वित भएका छन् । Continue reading

पदाधिकारी मनोनयन टुंगो लागेन


काठमाडौं, मंसिर १४ – विवादका कारण कांग्रेसले मंगलबार पनि पदाधिकारीको मनोनयन टुंगो लगाउन सकेन । मनोनयन प्रस्तावप्रति नेताहरुले आपत्ति जनाएपछि बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । Continue reading

सीमकार्ड हिनामिना गर्नेलाई ७२ लाख जरिवाना


काठमाडौं, मंसिर १४ – डेढवर्षअघि दुरसञ्चार कार्यालय पाटनका ‘स्टोरकीपर’ रहँदा रिम, सिम र रिचार्ज कार्डमार्फत् ३६ लाख हिनामिना गर्ने सादुराम थापालाई सर्वोच्च अदालतले ७२ लाख जरिवाना सहित ४ वर्ष कैद सजाय तोकेको छ। सर्वोच्चका न्यायाधीशद्वय तपबहादुर मगर र प्रेम शर्माको संयुक्त इजलासले यस्तो निर्णय सुनाएको हो। Continue reading

बासामा कम्प्युटर शाखा


१४ मंसिर (सोलु अनलाइन) – कस्मीक कम्प्युटर सिस्टम शाखा कार्यालय बासा ४ सोलुखुम्बुको हिजो उद्घाटन गरिएको छ । शाखाको उद्घाटन गर्दै शाखा संयोजक बुद्धिकिरण राईले नाफा कमाउने नभई ग्रामिण भेगमा कम्प्युटरको सीप सिकाउने उद्देश्य शाखाले लिएको बताउनु भयो । Continue reading

काँगेल विमानस्थलमा उडान सुचारु


१४ मंसिर/लालबहादुर गुरुङ – सोलुखुम्बुको काँगेल डाँडा बिमान स्थलमा कार्तिक २८ गतेबाट बन्द उडान पुनः शुरु भएको छ । टावरमा कर्मचारी नभएपछि बन्द भएको उडान हिजोबाट शुरु भएको हो । Continue reading

एसियाडमा पदक विजेता दीपकको भव्य स्वागत


काठमाडौं, १३-मंसिर ।  दीपक महर्जनले आफुले जितेको पदकको महत्व सायद सोमबार राम्ररी बुझ्ने मौका पाए। त्रिभुवन विमानस्थलमा ओर्लिदा उनले भव्य स्वागतमात्र पाएनन् धेरैबाट बधाई पनि थापे।विमानस्थलमा उनलाई अंकमाल गर्नेको प्रतिस्पर्धा नै चल्यो। दीपक तीनै खेलाडी हुन् जसले चीनको ग्वाउजाङमा शनिबार सम्पन्न १६ औं एसियाली खेलकुदमा देशका लागि पदक जितेका थिए। Continue reading

असममा तीन नेपालीभाषीको हत्या


सिलिगुडी (भारत), मंसिर १४ – असमको पृथकतावादी संगठन नेसनल डेमोक्रेटिक फ्रन्ट फर बोडोल्यान्ड (एनडीएफबी) ले तीनजना नेपालीभाषीको हत्या गरेको छ । असमको उदलगुडीमा उनीहरु मारिएको स्थानीय रेवतीरमण सापकोटाले जानकारी दिए । Continue reading