चिसोले मुक्तिनाथको दर्शन गर्न गएका एक जर्मन नागरिकको मृत्यु


कार्तिक १४ – मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्न गएका एक जर्मन नागरिकको शनिबार राति चिसोले मृत्यु भएको छ । मुक्तिनाथ गाविसको होटल रोयल मुस्ताङमा बसेका ५५ वर्षीय जर्मन नागरिक जमार्ड स्टेसिन विथेक्सको चिसोकाकारण बसेकै स्थानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पास पोर्ट नम्बर सीसीजे २२२९टिभिका उनको साथमा एक जना सहयोगि रहेका र शव जिल्ला अस्पताल जोमसोममा राखिएको शसस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट मुस्ताङका प्रहरी निरिक्षक चिरञ्जीवि प्रसाईंले जानकारी दिए । प्रसाईंका अनुसार उनको शव पोष्ट मार्टमका लागि हेलिकप्टरबाट काठमाडौं लग्ने तयारी गरिए पनि खराब मौसमले हेलीकप्टर बस्न नसक्दा समस्या भएको छ ।

घट्नास्थल सदरमुकाम जोमसोमबाट ३० किलोमिटर उत्तरमा पर्दछ । केही दिनयता मुस्ताङमा जाडो बढेकाले जनजीवन प्रभावित बनेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s