गाउँका डाक्टर चन्द्रबहादुर


भुपाल राना “आभाष” – ४५ वर्षअगाडि जन्मेका चन्द्रबहादुर बिक वाक ९, सोलुखुम्बु निवासी हुनुहुन्छ । दुई छोरा र पाँच छोरीको बुबा चन्द्रबहादुर पेशाले कृषक भए पनि गाउँमा वहालाई प्रसुती डाक्टरका रुपमा धेरैले चिन्द छन् । औपचारिक शिक्षा नलिएका बिकलाई आजभोली गाउँमा सुत्केरी अर्थात् प्रसुती डाक्टर भनेर नै सबैले बोलाउँछन् । बि.क.ले अहिलेसम्म मृत्युको मुखसम्म पुगेका धेरै सुत्केरी महिलाहरुलाई आफ्नो अनुभवको प्रयोगगर्दै सफलतापूर्वक बचाउनु भएको छ । प्रसुती सम्बन्धी कुनै पनि तालिम नलिएका बिक आफ्नो बुद्धि, विवेक र अनुभवको आधारमा सुत्केरी गराउने क्रमलाई अघि बढाउँदै हुनुहुन्छ ।
“पहिलो पटक मेरै कान्छी बुहारी सुत्केरी हुनेबेला उल्टो दिशामा बच्चमा बसेकोले जन्मन कठिनाइ भएको थियो, मेरै प्रयासले सकुशल बच्चा पैदा भएको थियो” चन्द्रबहादुर भन्नुहुन्छ । त्यस्तै वाकु ८ की एक महिला जो दुई दिन देखि सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसकेकी र अत्याधिक रक्तश्राव भएकोले उहाँकै प्रयासले ४ घन्टा पछि बच्चा पैदा गराउन सफल हुनु भएको वहा बताउनुहुन्छ । वहा थप्नुहुन्छ “वाकु गाबिसकै हाँकुलामा बच्चा पैदा हुँदा पाठेघर बाहिर आएको र अस्पताल पुर्‍याउन सम्भव नभएकोले मेरै प्रयासबाट पाठेघरलाई हातले भित्र पठाएर आमा र बच्चा दुबैलाई बचाउन सफल भएँ, उनी अझै पनि सकुशल छिन् ।”

धेरैलाई सुत्केरी गराएँ तर केही असाध्यै जटिल रुपमा पनि सम्पन्न भएको अनुभव विकसँग छ । वाकुकै हाँकुलामा बच्चा पैदा भएपछि शाल अर्थात् बच्चाको साथी नझर्दा ११ घन्टासम्म वेहोश भएकी महिलाको पनि हातले नै शाल निकालेर वहाले नै सकुशल बचाउनु भएको थियो । विकले आफ्नो अनुभवले काम त गर्नुभइरहेको छ तर वहाले गर्नुभएको काम जोखिमपूर्ण छ । विकले हाल पूर्ण रुपमा अवैज्ञानिक तरिकाले काम गरिरहनु भएको छ ।

काम त व्यवहारिक भए पनि अवैज्ञानिक छ तपाईलाई यस्तो काम गर्दा अप्ठ्यारो हुँदैन भन्ने प्रश्नमा वहाँ भन्नुहुन्छ खै ! के गर्नु गाउँमा ठुलो अस्पताल छैन, जिल्लाको अस्पतालसम्म पुग्नको लागि दुई दिन लाग्छ र बाटो पनि राम्रो छैन, त्यसैले वहाँहरु कै जिम्मेवारीमा यो जोखिम काम गर्दै आएको छु, आजसम्म १४ जना जतिको मैले यस्तो उपचार गर्न सकेको होला, शायद यो काम गर्नको लागि मैले नपढें पनि भगवानले नै सिकाएको जस्तो लाग्छ ।” विक थप्नुहुन्छ “आफ्नै छिमेकी गाउँ सकरनाममा जीतबहादुर राईको भैंसीले पाडों उल्टो दिशाबाट जन्माउन खोज्दा नसकेर मान्छेलाई जस्तै गरी पाडोंलाई पनि सकुशल निकाले ।”

कुनै तालिम नलिए पनि नपढे पनि आजभोली वाकु गाविसमा सुत्केरी हुनु भन्दा अगाडि नै वहालाई बोलाई बच्चाको अबस्था ठीक छ-छैन भनि जाँच गर्नको लागि बोलाउन थालेकाछन् । “यसरी बोलाउँदा कुनै झर्को नमानी गएर जाँच गरीदिन्छु, कतिपय त विश्वास नमानेर अस्पताल पनि जान्छन् तर अहिलेसम्म त्यस्तो नराम्रो भने भएको छैन” चन्द्रबहादुर भन्नुहुन्छ । कतिपय सुत्केरी गराउने क्रममा वहा आफै पनि रगताम्य हुनुभएको छ । “के गर्नु लाज मानेर हुँदैन, आखिर सेवा नै धर्म हो भनेर काम गर्छु” वहा भन्नुहुन्छ ।

औपचारिक ज्ञान, तालिम नलिए पनि वहा अनुभवको भरमा काम गर्दै हुनुहुन्छ, तर धेरै जटिल प्रकारका घटनाहरु आएको सन्दर्भमा भने वहा परिवारलाई अगाडी राखेर मात्रै गर्नुहुन्छ । अस्पताल जान र आधुनिक उपकरण तथा प्रविधि प्रयोग गरेर उपचार गर्नु पर्नेमा जोड दिनुहुन विक गाउँमा नै सुबिधा सम्पन्न अस्पताल बनाउनमा समेत जोड दिनुहुन्छ । काम त चुनौतिपूर्ण छ तर यस्तो काम गरे वापत् कति पारिश्रमिक लिनुहुन्छ त विकले यस प्रकारले सुत्केरी गराएवापत् ? वहा भन्नुहुन्छ “अहिलेसम्म मैले यति नै दिनु पर्छ, यति नै लिन्छु भनेर कुनै पनि पारिश्रमिक लिएको छैन, मेरो दुख हेरेर वहाहरुले नै दिनुहुन्छ, जति दिए पनि हात थाप्छु ।”

समग्रमा, स्वास्थ्यकर्मी विहिन वा सुबिधा सम्पन्न स्वास्थ्य संस्थाको अभाबको समस्या वाकुको मात्रै हैन । यो देशै भरीको समस्या हो । देशै भरीका स्वास्थ्य केन्द्र मध्ये कतिपयमा दक्ष स्वास्थ्यकर्मी छैनन्, कतिपयमा दक्ष स्वास्थ्यकर्मीछन् तर औषधी/उपकरण छैन अनि कतिपय स्वास्थ्यसंस्था सुबिधा सम्पन्न भए पनि दक्ष स्वास्थ्यकर्मी लामो समय नबस्ने समस्या छ । ति सबै गाउँहरुमा चन्द्रबहादुर जस्तै व्यक्तिहरु हुने भए धेरै जना अकालमा ज्यान गुमाउनवाट बच्थे होला । चन्द्रबहादुरको यो शीप अवैज्ञानिक भए पनि वहाले औपचारिक शिक्षा-तालिम नलिएको भए पनि व्यवहारिक भने पक्कै छ ।

आपतको बेला वहाले पुर्‍याएको सहयोग सह्रानीय छ । चन्द्रबहादुरको सकारात्मक कामको निरन्तरताको लागि मेरो शुभकामना छ तर आगामी दिनमा चन्द्रबहादुर विक, व्यवहारिक ज्ञानको चन्द्रबहादुर विकमा मात्रै सिमित नरहेर तालिम प्राप्त र आवश्यक उपकरण सहितको चन्द्रबहादुर विक हुनु भने जरुरी छ । 

Advertisements

2 thoughts on “गाउँका डाक्टर चन्द्रबहादुर

  1. This is really risky and encouraging job. I would to Mr. Chandra for his outstanding job. Someday I would see him personally and contribute for his miracle job.

  2. पुरानो ग्रामिण उपचार पनि दुर्गम छेत्र पहाडी जिल्लाहरुमा परा-पुर्वाकल देखि नै यो अनुभवको आधारमा व्यवहारमा ल्याइएको छ | गाउँमा जहाँ डाक्टर थिएन, अस्पताल थिएन, त्यसबेलामा बाद्य भएर नहुनु भन्दा कानो मामा निको भने झैँ आफ्नो अनुभव प्रयोग गर्नु पर्ने हुन्छ | यस्ता काम मैले पनि गरेको हुँ | बिकट गाउँमा सबै कुराको अभाव भै रहेको बेलामा कुनै महिलाहरुको पेटको बच्चाको अवस्था अनुसार सजिलो छैन, हाल पहिलाको दाजोमा डाक्टर र अस्पताल भएपनि टाढा भएकोले यो काम जोखिमपूर्ण भए पनि यस्ता व्यक्तिको अत्यन्त आवस्यक छ | चन्द्र बहादुर बि. क. लाई भगवानले महिलाहरुको लागि भएपनि आशिर्वाद देवोस र मेरो तर्फाबाट पनि भावी दिनहरुमा सफल हुनुहोस | जहाँ डाक्टर छैन त्यहाँ चन्द्र बहादुर बि. क. रही रहोस भन्ने शुभ-कामना छ |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s