नेपालीलाई सरकारी कामकाजको भाषा बनाउन दलहरु सहमत


काठमाडौँ, कात्तिक १६- संविधान लेखनमा रहेका असहमति हटाउन गठित उच्चस्तरीय कार्यदलको आजको बैठकले नयाँ बन्ने संविधानमा देवनागिरी लिपिमा नेपाली भाषालाई सरकारी कामकाजको भाषा बनाउने सहमति जुटाएको छ। यसअघि मधेसवादी दलहरुले यसमा असहमति जनाउँदै आएका थिए। कार्यदलको आज बसेको बैठकले तत्कालका लागि नेपाली भाषा प्रयोग गर्न सहमति जुटाएको हो।

यसैगरी नेपाललाई बहुभाषिक देशका रुपमा परिभाषित गर्दै भाषा विवाद अन्त्यका लागि भाषा आयोग गठन गरिने भएको छ। प्रान्तमा कम्तिमा दुई वटा भाषा कामकाजका लागि प्रयोग गर्न सकिने विषयमा कार्यदलले सहमति जुटाएको छ। प्रान्तको आधिकारिक भाषा निर्धारण गर्ने अधिकार प्रान्तीय संसदलाई हुनेछ।

१० वटा विवादमा आजको कार्यदलको बैठकले सहमति जुटाएकोमा अधिकांश भाषासँग सम्बन्धित छन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s