जुवातास र यौनधन्दामा संलग्न दर्जनभन्दा बढी पक्राउ


भक्तपुर, कात्तिक १६ – अवैध रुपमा जुवा तास खेलाएको र यौनधन्दा गराएको आशङ्कामा प्रहरीले छापा मारी गेस्ट हाउसबाट करिब बाह्रजनालाई पक्राउ गरेको छ। भक्तपुर सल्लाघारी खाजा घरमा आज दिउँसो छापा मारी महानगरीय प्रहरी परिषर भक्तपुरले तास खेल्दै गरेको अवस्थामा सञ्चालक प्रवेश श्रेष्ठसहित सातजनालाई पक्राउ गरेको छ। त्यसैगरी परिसरले आजै भक्तपुर सूर्यविनायकस्थित चम्पक गेस्ट हाउसमा छापा मारी यौन व्यवसाय गरेको अवस्थामा दुई जोडी युवालाई पक्राउ गरेको छ। प्रहरीले व्यवसाय सञ्चालक पुण्यराम देवनाय्लाई समेत पक्राउ गरेको छ। पक्राउ परेका सबैमाथि आवश्यक कारवाही अगाडि बढाइएको भक्तपुरका प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठले बताए। चाडपर्व खासगरी तिहारका बेला उपत्यकामा पेसेवाररुपमा जुवातास खेल्ने र खेलाउने गिरोहको सक्रियता बढेपछि यसपटक प्रहरीले विशेष सतर्कता अपनाएको छ।

posted by: Gopal magar                                                                   Sources : nagarik

Advertisements

One thought on “जुवातास र यौनधन्दामा संलग्न दर्जनभन्दा बढी पक्राउ

  1. यो बीच को एउटा पक्राउ त घाँडो पो भए जस्तो छ | पढ्न लाई असजिलो महशुस हुँदो रहेछ यस लाई………पो गर्ने होकि सम्पादक ज्यू |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s