ज्याल्सा गोन्पाको शाखा कुरिमामा बन्ने


ङावाङ सोनाम शेर्पा/ कुरिमा, कार्तिक १५ –  सोलुखुम्बु जिल्ला लोखिम गाबिस. वार्ड नं ९ कुरिमा स्थित परमाली डाँडामा एक भब्य स्तुपाको साथमा गोन्पा बन्ने भएको छ। सोलुखुम्बु सल्लेरी गाबिस वार्ड नं १ झ-स (ज्याल्सा) गोन्पाको प्रमुख लामा ङिमा साङबो रिन्पोचेद्वारा गोन्पा निर्माणस्थलम पुग्नु भै साङ सेर्क्यिम गर्नु भयो।

प्रमुख लामाको पुज्यनिय पिता स्वा ङावाङ स्येरप रिन्पोचेद्वारा त्यस भेगको आम बौद्ध धर्मवलम्वीहरु शेर्पा, तामाङ र गुरुङ समुदायहरुमा त्यसै ठाउमा बिगत ४० बर्ष अघि बौद्ध धर्म,शास्त्र,बिधि सहित आगाम तथा प्रवचन दिनु भएको थियो भने पछिल्लो समयमा पटक पटक ङिमा साङपो रिन्पोचेज्युबाट बौद्ध ज्ञान र शिक्षा दिँदै आउनु भएको छ।

धार्मिक ब्यक्तित्वको स्वार्गिय रिन्पोचेको अवतार (टुल्कु) ज्याम्पल वङपो रिन्पोचेको  जन्म पनि त्यसै भेगमा जन्मनु भएको कारणले बिगतमा स्वा. रिन्पोचेको चाहाना र ईच्छा पुरा गर्नकोलागी पनि ङिमा सङपो रिन्पोचे (आङ बाबु लामा)ज्युले त्यसै स्थानमा शान्ती स्तुपा र गोन्पाको निर्माण गर्न लाग्नु भएको हो। गोन्पा निर्माणको लागी जग्गा धनि समाजसेवी श्री साङ्गे शेर्पा (गोपरमा) ले करिव १५ रोपानी जग्गा गोन्पाको लागी निशुल्क चढाउनु भएको छ भने अवस्यक्त अनुसार भबिस्यमा बिचार गर्ने प्रतिबद्धता समेत गर्नु भयो।

भबिस्यमा बौद्ध शैक्षिक साँस्थान समेत बनाउने उद्धेस्यले यही मँसिर महिनाबाट कार्य थलानी गर्नको लागी एक गोन्बा निर्माण कमिटी पनी गठन भएको छ।  कुरिमा बागुर निवासी पेम्बा वाङछुक शेर्पाको अध्यक्षतामा १३ सदस्यित कमिटी गठन भएको छ।

जसमा अध्यक्ष श्री पेम्बा वाङ्छु शेर्पा (प्रमुख लामा बागुर गोन्पा), उपाध्यक्ष श्री छोङबा नुरु शेर्पा, सचिव श्री ङावाङ गोम्बु शेर्पा (प्रमुख लामा कुरिमा गोन्पा), कोषाद्यक्ष श्री पेमा साङगे शेर्पा (प्रमुख लामा योनम गोन्पा) र बाँकी सल्लाहकार र सद्स्यहरु रहेको छन्।

Advertisements

One thought on “ज्याल्सा गोन्पाको शाखा कुरिमामा बन्ने

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s