बिषालु रक्सीबाट तीनजनाको मृत्यु


सर्लाही, कार्तिक १७   – बिषालु मदिरा सेवनबाट तीन जनाको मृत्यु भएपछि प्रहरीले घरेलु मदिरा नष्ट पार्ने अभियान थालेको छ । हरिऔन इलाका प्रहरी कार्यालयले मंगलबार करिब २० हजार लिटर घरेलु मदिरा नष्ट पारेको छ । तीनदिनको अबधिमा जिल्लाभरी करिब ३० हजार लिटर मदिरा प्रहरीले बरामद गरि नष्ट गरिएको छ । भारी परिमाणमा मदिरा बरामद गरि नष्ट पारेपछि सासापुरको तीनघरेमा प्रहरीले ज्यादती गरेको भन्दै बिरोधमा अपरान्ह साँढे तीनबजे केहिबेर पूर्व–पश्चिम राजमार्ग जाम समेत गरेको थियो । मदिरा बरामद गरि नष्ट पार्ने क्रममा प्रहरीले दुर्ब्यबहार गरेको भन्दै राजमार्ग जाम गरिएको हो । प्रहरीले सामान्य बल प्रयोग गरि १५ मिनेटमै भिड तितरबितर पारेर जाम खुलाएको थियो ।गत शनिबार बेला गाबिसका बिजय ठाकुर, शुक्रबार किसनपुर गाबिसका गोलीयादेवी मण्डल र रामपुरका रायको बिषालु मदिरा सेवनबाट मृत्यु भएको थियो । तीनै जनाको लाश पोष्टमार्टम गरि भिसेरा परिक्षण गर्न पठाइएको प्रहरीले जनाएको छ ।घरेलु मदिरा सेवनबाट तीनजनाको मृत्यु भएपछि आइतबारदेखि प्रहरीले जिल्लाब्यापी मदिरा नष्ट पार्ने अभियान चलाएको प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बताए । ‘घरेलु मदिरा नष्ट पार्ने र मदिरा बनाउने भाँडा बरामद गर्ने अभियान जारी छ,’ जोशीले भने, ‘अबैध रुपमा उत्पादन गरिएका मदिराले ज्यान जान सक्ने भएकाले सर्वसाधारणलाई पनि सेवन नगर्न हामीले अनुरोध गरेका छौं ।’ बरामद गर्ने क्रममा घरेलु मदिरा जिल्लाका हरेक जसो गाविसमा बन्ने गरेको पाइएको छ । प्रहरीले मदिरा बनाउने भट्ट संचालन गरेको आरोपमा एक जनालाई पक्राउ समेत गरेको छ । चाडवाडका बेला मदिराको खपत बढ्ने र बिषाक्त मदिराले ज्यान जाने भएकाले घट्ना लगत्तै प्रहरीले जिल्ला ब्यापी मदिरा नष्ट पार्ने अभियान चलाएको हो । मंगलबार घुकौली, सासापुर, अत्रौली, ढुंग्रेखोलालगायतका गाविसबाट भारी परिमाणमा प्रहरीले मदिरा र मदिरा बनाउने भाँडा नष्ट पारेको थियो । हरिऔन इलाका प्रहरी कार्यालयका निरीक्षक कृष्णप्रसाद शर्माले २० हजार लिटर भन्दा बढी बरामद गरि नष्ट पारेको बताए । ‘धेरैले प्रहरी पुग्ने बित्तिकै खेतबारीमा मदिरा पोखेको पाइयो,’ शर्माले भने, ‘हामीलाई अझै घरेलु मदिरा भएको स्थान बारे सुचना आइरहेकोले राती सम्ममा थप बरामद हुने संभाबना छ ।’

Posted by: Gopal magar                                                            source: kantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s