स्वीस सभामुख र राजदूत सल्लेरीमा, लुक्ला पनि जाने


१७ कार्तिक (सोलु अनलाइन) – स्विटरजरल्याण्डका सभामुख पास्कल ब्रुडेरर वाइसस र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत थोमस गास सोलुखुम्बु आइपुग्नु भएको छ । स्वीस बिकास सहयोग नियोगबाट सञ्चालित बिभिन्न परियोजनाहरुको अनुगमणका क्रममा स्वीट्जरल्यान्ड स्वीस सभामुख तथा राजदूत समेतको सो टोली ओखलढुंगा हुँदै आज सोलुखुम्बु आइपुगेको हो ।
स्वीस सरकारको सहयोगमा २०४४ सालवाट विद्युत प्रसारण शुरु गरेको सल्लेरी च्याल्सा विद्युत कम्पनीको कार्य प्रति कम्पनीको भ्रमण पछि सभामुख वाइसस र राजदूत थोमस गासले खुशी व्यक्त गर्नुभयो । स्थलगत भ्रमण गर्ने टोलीमा नेपालका लागि स्विट्जरल्याण्डका राजदुत थोमस गास, स्वीट्जरल्याण्ड सिनेटका महासचिव क्रिष्टोफ लानु समेत गरी ५ जना सहभागी हुनुहुन्छ ।
होलिकप्टर मार्फत् सोलुखुम्बु आएको राजदूत सहितको सो टोली भोली लुक्लाको पासाङ ल्हामु निकोल निकी अस्पताल निरिक्षण गरेर काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ ।
सल्लेरी च्याल्सा विद्युत कम्पनीले स्वीस सरकारको सहयोगमा २०४४ सालदेखि विद्युत प्रसारण गरेको हो । ४ सय किलोवाट क्षमताको विद्युत उत्पादन तथा वितरण गरिरहेको कम्पनीले आगामी बर्ष भित्रमा २ सय किलोवाट क्षमताको बिजुली थप गर्ने योजना बनाएको छ ।
हाल कम्पनीले सोलुखुम्बुको सल्लेरी र गार्मा गाविसका करीब १२ सय घरमा बिजुली वितरण गरेर सेवा पु¥याइरहेको छ । विश्वको विभिन्न विद्युतहरु मध्ये उत्कृष्ट व्यवस्थापन भएको बिजुलीको रुपमा सल्लेरी च्याल्सा विद्युत कम्पनीलाई लिने गरिएको छ ।

Advertisements

One thought on “स्वीस सभामुख र राजदूत सल्लेरीमा, लुक्ला पनि जाने

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s