चालक दाई! बसको ब्रेक राम्रो छ कि छैन ?


तेह्र जना यात्रु बोकेर बागलुङ बजार देखि धम्जा जाँदै गरेको जीप तंग्रामको बर्लुङमा बुधवार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तंग्राम ४ घर भइ कृषि विकास बैंक मुस्ताङका प्रमुख ३५ वर्षिय लक्ष्मण पुनको घटनास्थलमै र धम्जा ५ का २८ वर्षिय कृष्ण भण्डारीको बागलुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक होविन्द्र बोगटीले बताए । ग १ ज ४१२६ नम्बरको उक्त जीप मा सवार अन्य ११ जना घाइते भएका छन् । घाइते मध्ये ७ को अवस्था गम्भिर रहेकोले उपचारका लागि पोखरा पठाइएको छ भने अन्य ४ को बागलुङ अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा धम्जा ३ का १८ वर्षिय राजेश थापा, तंग्राम ८ २० वर्षिय नरबहादुर बोहोरा, जीप चालक विषन गुरुङ, धम्जा ५ का होमबहादुर भण्डारी, घम्जा ३ का  १८ वर्षे दानबहादुर आले, तीन वर्षिय नाम नखुलेका बालक, धम्जा ५ का २१ वर्षिय कृष्ण भण्डारी, ४ का नरबहादुर घर्ति, उनकी श्रीमती रनु घर्ति, धम्जा २ का दिपक थापा र ठेगाना नखुलेका देवी थापा रहेका छन् । सदरमुकाम बागलुङ बजार देखि ११ किमी पश्चिममा पर्ने उक्त स्थानमा पुग्दा जीप ५ सय मीटर तल भीरबाट खसेको स्थानीय बासिन्दाले बताए । जीपको ब्रेक फेल भएर दुर्घटना भएको घाइतेले बताएका छन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s