तीन महिनादेखि मन्त्री र सचिवबीच बोलचाल बन्द


काठमाडौ, कार्तिक १७ – ऊर्जा मन्त्रालयका मन्त्री डा. प्रकाशशरण महत र सचिव शंकर कोइरालाबीच तीन महिनादेखि बोलचालसमेत बन्द छ । स्रोतका अनुसार सचिव कोइरालाले मन्त्री महतको जानकारीबिना सहसचिव अर्जुनकुमार कार्कीलाई माथिल्लो तामाकोसी आयोजनाको कार्यकारी अध्यक्षमा नियुक्ति गरेको पत्र दिएपछि विवाद बढेको हो ।

ऊर्जा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी कार्कीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । तर, कार्कीले सुरुमा मन्त्रालयको निर्णय अस्वीकार गरेको र पछि सचिवले मन्त्रीलाई जानकारी नदिइकन नियुक्तिपत्र दिएपछि दुई जनाबीच सम्बन्ध बिग्रिएको हो । मन्त्री महतले कार्कीको नियुक्ति रद्द गर्नुका साथै सर्वोच्च अदालतले समेत सदर गरेपछि दुई जनाबीच सम्बन्ध सुध्रिन सकेको छैन ।

मन्त्रीसित विवाद भएपछि सचिव कोइराला कार्यालयमा प्रायः आउन छाडेका छन् । विवाद भएको तीन महिनामा कोइराला मुस्किलले १५ दिनजति कार्यालयमा आएको जानकारी दिंदै मन्त्रालयका एक अधिकारीले यसबीच मन्त्री र सचिवबीच भेटघाटसमेत नभएको बताए ।

मन्त्री महतले कोइरालालाई आफ्नो मन्त्रालयबाट अन्यत्र सार्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेका छन् । उनको प्रस्ताव गएपछि मन्त्रिपरिषद् बैठक छ/सात चोटि बसे पनि सरुवाको निर्णय हुन सकेको छैन । सबैखाले निर्णय कामचलाउ मन्त्रिपरिषदबाट भए पनि सचिव कोइरालाको हकमा किन सरुवा गर्ने भन्दै प्रधानमन्त्री नेपालले महतको प्रस्ताव टार्दै आएका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s