प्रधानमन्त्रीसँग स्पष्टीकरण लिनुपर्ने देउवाको भनाई


काठमाडौं, कात्तिक १८ – नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्री माधव कुमार नेपालसँग स्पष्टीकरण मागिने बताएका छन्। ‘राजनीतिक गतिरोधका अन्त्यका लागि राष्ट्रपतिकहाँ जाने’ प्रधानमन्त्रीको प्रस्ताव गैर संवैधानिक भएको भन्दै उनले नेपालसँग स्पष्टिकरण माग्ने जनाए। 

माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भएको अचानक भेटपछि पत्रकारहरुसँग कुरा गर्दै देउवाले प्रधानमन्त्री नेपालको भनाई पूर्णरुपमा गैर कानुनी रहेको दावी गरे।
संविधानसभामा चुनाव सकेर बाहिरिँदै गरेका देउवा र २७ दलको वैठकमा सहभागी हुन भित्र छिर्दै गरेका माओवादी अध्यक्ष दाहाल ढोकामा भेटिए। दुबैले हात मिलाए र पाँच मिनेटजति उनीहरुबीच ‘गोप्य’ छलफल भयो। छलफलपछि बाहिरिएका देउवासँग पत्रकारहरुले प्रश्न गरे, ‘दाहालले के सोध्नुभयो ?’

‘उहाँले के सोध्नु मैले नै सोधे,’ देउवाले भने, ‘हिजो प्रधानमन्त्रीले साँच्चै राष्ट्रपतिकहाँ जाने प्रस्ताव राखेका हुन् ?’

दाहालले प्रधानमन्त्रीको भनाई सत्य भएको बताएपछि उनी आक्रोशितरुपमा बाहिरिएका थिए।

हिजो प्रमुख तीन दलको वैठकमा प्रधानमन्त्री नेपालले एक महिना नेपाली कङ्ग्रेसका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउने र समास्या समाधान गर्ने अन्यथा राष्ट्रपतिकहाँ अन्तरिम व्यवस्था गर्न अनुरोध गर्ने बताएका थिए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s