फ्रेन्डसिपले चुम्यो फुटबलको उपाधि


१९ कार्तिक सल्लेरी – सदरमुकाम सल्लेरीमा संचालित खुल्ला फुटबल प्रतियोगिताको उपाधि फ्रेन्डसिप युथ क्लव, सल्लेरी, सोलुखुम्बुको टिम बी ले जितेको छ । बिहिबार भएको फाईनल खेलमा फ्रेन्डसिप बिले आयोजक शुभतारा टिम ए लाई १ गोलका बिरुद्ध ५ गोलले पराजित गरेको हो ।
शुभतारा बहुउद्धेश्यीय सेवा केन्द्र, सोलुखुम्बुको आयोजनामा भएको सो प्रतियोगिताको तेश्रो स्थान भने शुभताराको टिम बिले प्राप्त ग¥यो । प्रतियोगितामा प्रथम हुने टिमलाई ७ हजार रुपैंया नगदका साथमा टूफी, मेडल र प्रमाण पत्र प्रदान गरियो ।
त्यस्तै द्धितीय र तृतीय हुने टिमलाई क्रमशः नगद ४ हजार रुपैंया र १ हजार रुपैंयाका साथमा मेडल प्रदान गरिएको केन्द्रका सचिव दुर्लभ राईले जानकारी दिनुभयो । ११ टिमको सहभागिता रहेको सो प्रतियोगितामा शुभतारा बिका खेलाडी समिर राजभण्डारीले हाईस्कोररको ट्रफी पाए भने योङ्ग स्टार क्लव अनुशासित टिम घोषित भयो । खेल जिल्ला विकास समितिको प्राङ्गणमा भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s