दलहरुको हात्तीवन रिसोर्ट गोप्यवार्ता निष्कर्ष विहीन,


२० कार्तिक – राजनीतिक निकासको खोजी गर्न काठमाडौंको सेतीदवीमा रहेको हात्तीवन रिसोर्टमा गोप्य छलफलमा जुटेका मुख्य तीनदलका नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । सार्वजनिक रुपमा कुनै पनि जानकारी नदिई हिजो बिहानदेखि सुरु भएको बैठकमा सबै राजनीतिक विवादमा विषयमा छलफल भएपनि कुनै निष्कर्षमा पुग्न नेताहरु असफल भएका हुन् । यद्यपि बैठकमा सहभागि नेताहरुले बैठक सकारात्मक भएको बताएका छन् । उनिहरुले तिहार सकिएलगत्तै २४ गते छलफलमा जुट्न तम्तयार भएको भन्दै संयुक्त बिज्ञप्ति निकालेका छन् । तीन दलका उच्च नेताहरुद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा ६ बुँदे कार्यसुची र ४ बुँदे निर्णयहरु गरिएको छ । बिगतका सहमति र समझदारीको कार्यान्वयन, बिद्यमान गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुबीच सहमतिका आधार, संविधान निर्माणका मुल बिषयहरुमा सहमति, बजेटको निकास , सत्तासाझेदारी,जस्ता बिषयहरुलाई बिज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल सहभागी हुनुहुन्थ्यो । साथै माओवादीबाट डा.बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र कृष्णबहादुर महरा, नेपाली काङ्ग्रेसबाट शेरवहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला र डा.रामशरण महत तथा एमालेबाट केपी ओली, महासचिव ईश्वर पोखरेल, भरतमोहन अधिकारी र गृहमन्त्री भीमरावल सहभागी हुनुहुन्थ्यो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s