आज भाइटीका


काठमाडौं, कार्तिक २१ – हिन्दूहरूको महान् चाड तिहारको अन्तिम दिन आज देशभरि परम्पराअनुसार दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाउदैछन् । भाइटीकाका लागि शुभसाइत ११ बजेर ३१ मिनेटमा सुरु हुने र सूर्यास्तसम्म टीका लगाउन हुने नेपाल पञ्चाङ्ग समितिले जनाएको छ ।

भाइटीका अगाडि दिदीबहिनीले यमराजको प्रार्थना, “धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज । पाहि मां किङ्करैः साद्धं सूर्यपुत्र नमोस्तुते” ।। तथा पूजा गरेर आफ्ना दाजुभाइलाई धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला, सप्तरङ्गी टीका लगाइदिएर चिरायुको कामना गर्छन् ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ ।

दाजुभाइ नहुने दिदीबहिनी तथा अरूले आज काठमाडौँको रानीपोखरी बीचमा अवस्थित मन्दिर गई दर्शन गरी टीका लगाएका छन् । उक्त मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

न्हुदँ समारोह समिति ११३१ तथा मङ्का खलले नेवार समुदायलाई २० गते लक्ष्मीपूजा, २१ गते म्हपूजा र २२ गते भाई टीका गर्न आहृवान गरेको छ भने गृह मन्त्रालयले २२ गते नेपाल अधिराज्यभर विदा दिने घोषणा गरेको छ ।

पञ्चङ्ग निर्णायक समितिका अनुसार कात्तिक २१ गते भाइटीकाका दिन गोवर्धन पूजा गर्ने जनाए अनुसार हिन्दूहरूले आज आ-आफ्नो आँगनमा लिपपोत गरी गोवर्द्धन पर्वतको प्रतीकका रूपमा गाईको गोबरले पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्दैछन् ।

द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्द्धन पर्वत उचाली गोकुलवासीहरूलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरिदिनुभएकाले त्यसै बेलादेखि गोवर्द्धन पर्वतको पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास रहेको छ । रासस

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s