आमाडब्लम हिमालमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, २ जना सम्पर्क बाहिर


२१ कार्तिक, नुतन श्रेष्ठ/सल्लेरी – सोलुखुम्बुको आमाडव्लम हिमालमा आज विहान फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । बिहान करिब साँढे ८ बजे लुक्ला बिमानस्थलबाट उडेको सो हेलिकोप्टर १६ हजार फिट माथि दुर्घटनाग्रस्त भएको हो । 
उद्धारका लागि गएको बताईएको सो हेलिकोप्टरसँग ९ बजेबाट सम्पर्क बिच्छेद भएको र अर्को हेलिकोप्टर खोज्न जाँदा १० बजे दुर्घटनाग्रस्त अवस्थामा देखिएको ईलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरिक्षक बिष्णुगोबिन्द थापाले जानकारी दिनुभएको छ ।
प्राप्त खबरअनुसार हेलिकोप्टरमा क्याप्टेन सबिन बस्नेत र प्राबिधिक पुर्ण अवाले सवार थिए । उनिहरु हाल सम्पर्क बाहिर रहेको फिस्टेल एयरले जनाएको छ । आमा डब्लम एक्सपिडिसन ग्रुपलाई उद्धार गर्न गएको सो हेलिकोप्टर ल्याण्ड गर्ने क्रममा ९ बजे नै दुर्घटनामा परेको प्रत्यक्षदर्शी ङिमा दावा शेर्पाले आमाडब्लम हिमालबाट जानकारी गराउनुभएको छ । दुर्घटना स्थलमा उद्धारका लागि फिस्टेल एयरको अर्को हेलिकोप्टर गईसकेको प्रहरीले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s