कुवेतको ग्रीन आईल्याण्डमा बनभोज कार्यक्रम सम्पन्न


जय आले, कुवेत
०५ नोभेम्बर २०१० शुक्रवारको दिन, कुवेतको ग्रिन आईल्याण्ड पार्कमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा बिभिन्न सांगितिक प्रस्तुति र मनोरन्जनात्मक खेलकूद सहितको “तेस्रो वार्षिक बनभोज कार्यक्रम-२०६७”भव्यतापूर्वक सम्पन्न भएको छ ।

बिजया दशमी तथा शुभ-दिपावलीको पावन अवसरमा कुवेतवासी नेपालीहरु बीच शुभ-कामना सन्देश आदान-प्रदान गर्ने र आपसी भाईचाराको सम्बन्धलाई सुदृढ तथा प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको उक्त बनभोज कार्यक्रममा नेपाली राजदूतावास कुवेत, NRNA कुवेत, नेपालकुवेत मेनपावर एशोसियसन, मरुभूमीको कोसेली, नेपालकुवेत डटकम, कुवेतनेपाल डटकम, जन-जाग्रिती युवा समाज, कालीगण्डकी बचत समुह, नयाँ नेपाल युवा क्लव, लालीगुराँस साँस्कृतिक परिवार, क्रेज नेपाल युवा क्लव, तमू समाज कुवेत, हिमालयन बैंक कुवेत लगायत अन्य गरी करिब ६५० नेपाली जनसमुदायको सहभागीता रहेको थियो ।

कुवेतमा कृयाशिल साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवार र क्रेज नेपालका स्थानिय कलाकारहरुद्वारा प्रस्तुत गरिएका बिभिन्न सांगितिक प्रस्तुतिहरुले कार्यक्रमलाई थप मनोरन्जनात्मक र संगितमय पारेको थियो । कुवेतमा प्रख्यात नृत्याङ्गना रिना शाक्य र अन्य कलाकारहरुको नाच र चन्दन लिम्बु, देब लिम्बु, राजेन्द्र बिरही, पुर्खा पुन लगायतले गाएका गीतहरुले सारा दर्शकहरुलाई छमछमती नचाएको थियो । सांगितिक प्रस्तुतिमा क्रेज नेपालले आफ्ना पुरा वाध्यवादन ब्याण्ड सहित उपस्थित भई कार्यक्रमलाई थप रोमान्चकारी बनाउन ठुलो योगदान पुर्‍यायो । भनें उपस्थित इच्छुक कसैलाई पनि आ-आफ्नो कला प्रस्तुत गर्ने अवसर आयोजकले प्रदान गरेको थियो ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सचिव ईन्द्र प्रसाद भूषाल र कुवेतमा संचालिकाको रुपमा उदाएकी नयाँ चेहरा सुश्री किरण आलेले संयुक्त रुपमा संचालन गर्नु भएको उक्त बनभोज कार्यक्रमको सभापतित्व क्लव अध्यक्ष किरण पौड्यालले गर्नु भएको थियो भनें नेपाली राजदूतावास कुवेतका सचिव श्री पुष्पराज भट्टराई ‘दम्पती’ज्यूको प्रमुख आतिथ्य रहेको थियो । यसैगरी अन्य अतिथीहरुमा दूतावास कर्मचारी भुवन पौडेल, NRNA कुवेतका अध्यक्ष एवं क्लवका बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ्ग ‘दम्पती’, युवा कवी एवं क्लवका बरिष्ट सल्लाहाकार बाल कुमार गुरुङ्ग र हिमालयन बैंक कुवेत प्रतिनिधि अभिषेक थापा मगर रहनु भएको थियो ।

अतिथिहरुको साथमा क्लव अध्यक्ष एवं बनभोज संयोजक किरण पौड्यालले लक्ष्मी पूजा गरी उद्घाटन गरिएको कार्यक्रममा क्लवका उपाध्यक्ष एवं बनभोज उप-संयोजक धर्मराज गिरीले स्वागत मन्तब्य दिनु भएको थियो भनें दूतावास सचिव श्री पुष्पराज भट्टराई, NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्ग र युवा कवी बाल कुमार गुरुङ्गले शुभ-कामना मन्तव्य दिनु भयो । मन्तव्यको क्रममा दूतावास सचिवले माउण्ट एभरेष्ट क्लवले यस रमणिय स्थान ग्रिन आईल्याण्डमा आयोजना गरेको बनभोज कार्यक्रमको दिन लक्ष्मी पूजाको दिन र तिहारको माहौल छाएको अवसर परेकोले सम्पूर्ण प्रवासी नेपालीहरुको घर-दैलोमा लक्ष्मीले बास गरुन र सबै प्रवासी नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई लक्ष्मी माताले रक्षा गरुन भनी शुभ-कामना दिनु भयो ।

जलपानमा चना-भुजा, सेल रोटी, चिया-कफी र खानामा ओपन बुफे भोजनको व्यवस्था रहेको उक्त बनभोज कार्यक्रमको बिच-बिचमा क्लव सह-सचिव एवं कुवेतनेपाल डटकमका संवाददाता राजु गुरुङ्गको संयोजकत्वमा निकै रमाईला खेलहरु खेलाइएको थियो । जसमा बिजयी प्रतिश्पर्धिलाई शान्तावना पुरस्कार दिई सम्मान गरियो । खासगरी सबैभन्दा रोचक खेल डोरी तान्ने रहेको देखियो । नयाँ नेपाल क्लव र आयोजक माउण्ट एभरेष्ट क्लव बिच निकै बेर घमासान प्रतिश्पर्धा हुँदा पनि जित भनें माउण्ट एभरेष्ट क्लवले नै हात पारेको छ । यस्तै देउसी-भैलो खेल्दा दान दिने क्रममा तमू समाज कुवेतका अध्यक्ष एवं माउण्ट एभरेष्ट क्लवका बिकास अनुसन्धान प्रमुख अमर बहादुर गुरुङ्गले २० के.डी दान दिई श्री गणेश गर्नु भएको थियो ।

कुवेतमा हुने हरेक कार्यक्रमहरुमा आर्थिक एवं बौद्विक हिसाबले सहयोग गर्दै आएको हिमालयन बैंक कुवेत शाखाले यसपालीको माउण्ट एभरेष्ट क्लवको बनभोज कार्यक्रममा पनि स्पोंसर गरी क्लवलाई सहयोग पुर्‍याएको छ । यसैगरी लालीगुराँस साँस्कृतिक परिवारका सल्लाहाकार समिर शाक्यज्यूले क्लवलाई बनभोजको व्यानर सौजन्य स्वरुप प्रदान गर्नु भएको थियो । क्लवले आयोजना गरेको बनभोज कार्यक्रममा मनोरन्जनका साथै अन्य धेरै सामाजिक कार्यहरु पनि सम्पन्न भएका छन । जसमा मुख्यत: जन-जाग्रिती युवा समाजले कुवेतको सबा अस्पतालमा जीबन र मृत्‍युको दोसाँधमा अलमलिई रहेकी ब्लड क्यान्सरबाट पीडित, बसाहा ५ हात्तिसार उदयपुर घर भई घरेलु कामदारको रुपमा २००७ को अप्रिलमा कुवेत आएकी मन्दिका परियारको सहयोगार्थ: चालेको अभियान नै प्रशंसनीय रहेको छ । यस अभियानमा उपस्थित सबैले सक्दो आर्थिक सहयोग गरेका छन भनें क्रेज नेपाल युवा क्लवले ३० के.डि सहयोग गरेको छ ।

यसपालीको बनभोज कार्यक्रमको दिन लक्ष्मी पूजा र महाकवी लक्ष्मी प्रसाद देवकोटाको जन्मदिन समेत परेकोले पूर्वसूचना अनुरुप आयोजकले कविता प्रतियोगिता समेत राखेको थियो । जसमा प्राप्त लक्ष्मी पूजा र महाकवी देवकोटाको जीबनीमा आधारित कविताहरु मध्ये जीबन लावतीको “तिहार” शिर्षकको कविता बिजेता र उषा खड्काको “महाकविको महानता” शिर्षकको कविता उप-बिजेता छनौटमा परेका छन । तर दुवै बिजयी प्रतिश्पर्धीहरु भनें पुरस्कार ग्रहण गर्ने समयमा उपस्थित थिएनन् ।

यसैगरी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले बनभोजको अवसर पारी, क्लवलाई नाम जस्तै सगरमाथाको उचाईसम्म ल्याई पुर्‍याउन अहोरात्र खटेर हर तरहका आरोह-अवरोहहरु सँग सम्झौता गर्दै दिलोज्यानले योगदान दिई संघर्ष गर्नु हुने सच्चा सामाजिक योद्वा क्लव उपाध्यक्ष श्री धर्मराज गिरीज्यू र वहाँका हर पाईलाहरुमा तनमन, बचन र कर्मले साथ दिंदै आउनु भएकी वहाँकी धर्मपत्नी एवं क्लवकी महिला सदस्य श्रीमती शिला गिरीज्यूलाई कलवका बरिष्ट सल्लाहाकार बाल कुमार गुरुङ्ग र क्लव अध्यक्ष किरण पौड्याल मार्फत कदरपत्र र मायाको चिनो दिई सम्मान गरेको छ ।

बिहानको ९.३० बजेबाट शुरु भएको उक्त बनभोज कार्यक्रम साँझको ६ बजे मात्र समापन भएको थियो । स्वर्गको कुनै एउटा हिस्सा जस्तो रमणिय स्थानमा क्लवले बनभोजको आयोजना गरी स्वादिष्ट भोजनका साथ बिभिन्न सांगितिक प्रस्तुती, मनोरन्जनात्मक खेलकुद, अन्य सामाजिक कार्य, कविता प्रतियोगिता जस्ता प्रस्तुतिहरु कुवेतवासी नेपालीहरुबिच सफलतापूर्वक प्रस्तुत गरेकोमा युवा कवी एवं क्लवका बरिष्ट सल्लाहाकार बाल कुमार गुरुङ्गज्यूले क्लव कार्यसमितिलाई धेरै-धेरै बधाई तथा धन्यबाद ज्ञापन गर्नु भयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s