पत्रकारमाथि आक्रमण / नौ जना पक्राउ


दाङ, कार्तिक २२ – तुलसीपुरमा गएराती पत्रकार बालाराम खड्कामाथि सांघातिक आक्रमण भएको छ । तुलसीपुर २ मजुवा निवासी २६ वर्षिय खड्कालाई घरनजिकै भैलो हेरिरहेको बेला १०/१२ जनाको समूहले खुकुरी प्रहार गरी घाइते बनाएको हो । आक्रमणबाट खड्काको टाउकोमा गहिरो चोट लागेको छ । अहिले  उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । खड्का हिमालयन टेलिभिजन, गोरक्ष राष्ट्रिय दैनिक र रेडियो ईन्द्रेणी एफएमका संवाददाता हुन् । खड्कामाथि आक्रमण गर्ने नौ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी निरीक्षक जीवन बुढाथोकीले जानकारी दिएका छन् । खड्कामाथि भएको आक्रमणको बिभिन्न सञ्चार संस्थाहरुले निन्दा एवं भर्त्सना गरेका छन् । प्रेस क्लब अफ दाङ्गका अध्यक्ष सुशील बस्नेत, गोरक्ष दैनिकका प्रकाशक तेजबहादुर कार्की, प्रेस युनियनका अध्यक्ष सुदिप गौतम, प्रेस चौतारीका अध्यक्ष सबिन प्रियासन लगायतले प्रेस बिज्ञप्ती जारी गरी आक्रमणकारीलाई तत्काल कारवाही गर्न माग गरेका छन् । यसैगरी  मानब अधिकार तथा शान्ति समाजका उपसभापती सुरेश क्षेष्ठ, लियो क्लबका अध्यक्ष निरज श्रेष्ठ र राष्ट्रिय मानबअधिकार प्रतिष्ठानका सभापति बिनेाद श्रेष्ठले पनि बिज्ञप्ती जारी गरी आक्रमणकारीलाई कारबाही गरी पत्रकारहरुको सुरक्षाको ग्यारेण्टी गर्न प्रशासनसँग माग गरेका छन्

 

 

source: kantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s