शव तेर्साएर सडक अवरुद्ध/चार जिल्लाका यात्रु अलपत्र


दोलखा, कार्तिक २२ – गत आइतबार बस दुर्घटना परी मृत्यु भएका नाम्दु गाविस–५ का ३५ वर्षीय मानबहादुर श्रेष्ठको परिवारलाई क्षतिपूर्तिस्वरुप रु १० लाखको माग गर्दै बिहानैदेखि आफन्तजनले शव तेर्साएर सडक अवरुद्ध गरेका छन् ।

लामोसाँगु जिरी सडकको तामाकोसी बजार नजिक भएको ना ४ ख ४८९ नम्बरको बस दुर्घटनामा परी मृत्यु हुने श्रेष्ठका परिवारले मृतकका दुई सन्तानलाई अरनिको यातायात सेवा समितिले पढाइदिनुपर्ने समेत माग राखेका छन् ।

अवरुद्ध सडक खुलाउनका  र समस्या समाधानका लागि स्थानीय प्रशासनले पीडित परिवार, अरनिको यातायात सेवा समितिका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिबीच छलफलका लागि पहल सुरु गरेकोछ ।

सडक बन्दका कारण रामेछाप, सोलुखुबु ओखलढुङा र दोलखाका विभिन्न स्थानबाट आउने हजारौं यात्रु बीच बाटोमा अलपत्र परेका छन् । सवारीका साधन र यात्रुको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । रासस

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s