नेलेमा सामुदायिक वनहरुको बृहत् बिरोध सभा


लालबहादुर गुरुङ/नेले – “सामुदायिक बनमा समुदायको अधिकार स्थापित गर” भन्ने मुल नाराका साथ साुमदायिक बन उपभोक्ता महासंघ सोलुखुम्बको आव्हानमा नेलेमा मंगलबार बृहत बिरोधसभा सम्पन्न भएको छ । मन्त्रिपरिषदको गत असार ३२ गतेको निर्णयको बिरोधमा आन्दोलनरत महासंघले ¥याली सहित नेले बजार परिक्रमा गरेर जीवनज्योती उच्च माध्यमिक विद्यालय नेलेको प्राङ्गणमा बिरोधसभा सम्पन्न गरेको हो ।
सो बिरोध सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै महासंघका केन्द्रिय सदस्य आङ्ग ङिमा लामाले कुनै पनि आन्दोलन हिंसात्मक नभई शान्ति पुर्ण हुनुपर्नेमा जोड दिनुभयो । लामाले तेश्रो चरणको आन्दोलन पश्चात् हुने केन्द्रिय समिति बैठकमा यसअघिका आन्दोलन र भाबि कार्यक्रमका बिषयमा पनि बृहत छलफल हुने जानकारी दिनुभयो ।
बिरोध सभामा सहभागी बिभिन्न सामुदायिक बनका उपभोक्ताहरुले आन्दोलन निर्णायक नबन्दासम्म तथा सरकारले निर्णय नफेर्दासम्म सहयोग र समर्थन जारी राख्ने प्रतिबद्धता जनाए । सोही भेलामा सदरमुकाम सल्लेरीमा सक्रिय भुमिका निर्वाह गर्ने ३ जनालाई सम्मान समेत गरेको छ ।
आन्दोलनका लागि सहयोग स्वरुप बिभिन्न क्षेत्रबाट संकलित ४ हजार रुपैंया पनि जिल्ला महासंघलाई सोही कार्यक्रमका अवसरमा हस्तान्तरण गरिएको छ । जसमा नेले स्थानिय महासंघबाट १५ सय, रणेम सामुदायिक बन उपभोक्ता समूह, देउसा ३ बाट १ हजार, कोर्दा सामुदायिक बन, देउसाबाट ५ सय, मैदेल सामुदायिक बन, मुक्लीबाट ५ सय तथा छतिवन डाँडाखेत सामुदायिक बन, मुक्लिबाट ५ रुपैंया संकलन भएको थियो । कार्यक्रममा नेले, मुक्ली, पञ्चन, देउसा र काँगेल गरी  ५ गाविस भित्रका सामुदायिक बनका प्रतिनिधि र उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s