भोली मिनी म्याराथुन प्रतियोगिता हुने, करीब १ सय जनाले सहभागिता जनाउने


२४ कार्तिक (सोलु अनलाइन) – सामुदायिक रेडियो सोलु एफएम र योङ्ग स्टार क्लवको स्थापना दिवसको अवसरमा आयोजित महिला पुरुष मिनी म्याराथुन भोली विहान ११ बजे हुने भएको छ । सल्लेरी २ सुर्केवाट शुरु भई फाप्लु, सल्लेरी, नयाँ बजार र दोर्पू बजार हुँदै सोलु एफएमसम्म आइ पुग्दा मिनी म्याराथुन सम्पन्न हुनेछ ।
म्याराथुनमा महिला पुरुष दुवै तर्फ गरी करीब १ सय जना धावकहरुले भाग लिनेछन् । मिनी म्याराथुनका लागि मुल बाटो प्रयोग गर्नु पर्ने र मुल बाटो प्रयोग नगर्नेलाई प्रतियोगितामा सहभागी नगराइने सोलु एफएमले जनाएको छ । विहान ११ बजेदेखि मिनी म्याराथुन शुरु हुने भएकोले विहान साँढे १० बजे भित्रमा फाप्लु, सुर्केमा सम्पर्क गर्न पनि सोलु एफएमले अनुरोध गरेको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद ३ हजार ३ सय ३३, २ हजार २ सय २२, १ हजार १ सय ११ रुपैयाका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । दौड पुरा गर्ने महिला पुरुष सहभागीहरुले टिसर्ट र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
म्याराथुन सम्पन्न भए पछि योङ्ग स्टार क्लवको प्राङ्गणमा पुरस्कार वितरण गरिनेछ । पुरस्कार वितरण समारोहको सोलु एफएमले प्रत्यक्ष प्रसारण समेत गर्नेछ । सोलु एफएमको आठौ र योङ्ग स्टार क्लवको ३३ औं स्थापना दिवसको अवसरमा महिला पुरुष मिनी म्याराथुन प्रतियोगिताको आयोजना गरिएको हो । दुवै संस्थाको स्थापना दिवसको अवसरमा हरेक बर्ष विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिएको छ ।

One thought on “भोली मिनी म्याराथुन प्रतियोगिता हुने, करीब १ सय जनाले सहभागिता जनाउने

  1. Sarai nai ramro!!Yasto kisimko pratiyogita bata ek-aapasma bhaicharako bikash hunuko sathai,naya pratibhako pani janma hun6.

Leave a comment