‘मर्निङ वाक’ निस्केका सर्वसाधारण बेपत्ता


सुरेश यादव, महोत्तरी, कात्तिक २३ – सोमबार बिहान ‘मर्निङ वाक’ निस्केका महोत्तरी औरहीका एक किसान बेपत्ता भएका छन्। औरही-५ का ३५ वर्षीय वीरेन्द्र यादव सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ। सधैं साथीहरूसँग ‘मर्निङ वाक’ निस्किने वीरेन्द्र सोमबार एक्लै थिए। परिवारका अनुसार औरही खोलानजिकबाट बिहान साढे ५ बजे उनीसँग सम्पर्क भएको थियो। दिउँसोसम्म पनि नफर्केपछि परिवारले उनको खोजी थालेको थियो। खोजीका लागि परिवारले सोमबारै प्रहरीलाई खबर गरिसकेको छ।  मंगलबार बेलुकासम्म पनि वीरेन्द्र सम्पर्कमा आउन नसकेका अपहरितका दाइ महेन्द्रले बताए। सोझो स्वभावका मिलनसार वीरेन्द्र बेपत्ता भएपछि गाउँमा त्रास बढेको स्थानीय सञ्जीव यादवले बताए। उनले भने, ‘वीरेन्द्र बेपत्ता भएपछि ‘मर्निङ वाक’ मा जानेहरू घरबाट ढिलो निस्कने गरेका छन्। स्थानीयमा डर, त्रास पैदा भएको छ।’ वीरेन्द्रको श्रीमती, एक छोरा र दुई छोरी छन्। अभिभावकको बेखबर भएपछि परिवार चिन्तित छ। मुक्तिका लागि प्रहरी-प्रशासन गुहारे पनि वीरेन्द्रको अवस्था थाहा नभएको दाइ महेन्द्रले बताए। सकुशल मुक्तिका लागि परिवारले आग्रह गरेको छ। कुनै पार्टीमा सक्रिय नरहेका उनको गाउँमा कोहीसँग रिसइबी थिएन।खेतीकिसानीमा लागेका उनी स्थानीय प्रदीप खड्कासँग मिलेर गाउँमै इँटाभट्टा सञ्चालन गर्ने योजना बनाइरहेका थिए। उनी अपहरणमै परेको भन्ने आधार नभेटिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक वासुदेव पाठकले बताए। उनले भने, ‘अहिलेसम्मको अनुसन्धानमा अपहरणबारे केही तथ्य भेटिएको छैन। खोजीकार्य तीव्र बनाएका छौं।’

प्रहरी निस्त्रि्कयताले आपराधिक गतिविधि मौलाएको स्थानीय रामसागर दासले बताए। उनले भने, ‘बेपत्ता नागरिक खोजीका लागि प्रहरीले जति चासो लिनुपर्थ्यो, त्यस्तो पाइएन।’ नजिकै प्रहरी चौकी र सशस्त्र प्रहरीको बेसक्याम्प भए पनि दिनदहाडै सर्वसाधारण बेपत्ता भएकाले असरक्षा बढेको उनले बताए।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s