एकसाथ चार बच्चा जन्माउँदा


टीका विक- मैले पहिला ६ बच्चा जन्माएकी थिएँ, दुईटा भने बिते। सातौं सन्तानका रूपमा छोरा जन्माउने चाहना थियो। पहिला जन्मिएका बच्चा पेटमा रहेको बेला भन्दा यसपाली केही अप्ठ्यारो महसूस गर्दै थिएँ। कहिलेकाहीँ निकै पीडा हुन्थ्यो। छिमेकी र आफन्तहरू मेरो पेट निकै ठूलो छ भन्थे। सोमबार साँझदेखि व्यथा लाग्यो। भोलिपल्ट बिहान ६ बजेतिर घरमा छोरा जन्मियो। छोरा जन्मने बेला बढी पीडा भए पनि थामी नसक्नु चाहिँ भएन। छोरा जन्मेको खुशीपछि सबैजना आ-आफ्नो काममा लागे। म चाहिँ सालनाल खस्ने कतिखेर होला भन्दै पर्खिदै थिएँ। तीन/चार घण्टा बित्दा पनि सालनाल नझरेपछि भाइ र श्रीमानले डोकामा हालेर मलाई प्राथमिक स्वास्थ्य केन्द्र, सुलीचौर पुर्‍याए। म त बेहोस भएछु। सालनाल अड्केको अनुमान गरिरहेको बेला स्वास्थ्य केन्द्रकी अनमी तीजा बिष्ट लगायतका स्वास्थ्यकर्मीले एक/एक गर्दै तीन वटा बच्चा निकालेको पछि पो थाहा पाएँ। होस खुल्दा आफनो वरिपरि चार बच्चा पाएँ। समयमै स्वास्थ्य केन्द्र नपुगेको भए मेरो ज्यान जाने रहेछ, बच्चाबच्चीको पनि। हातले लगातार तीनटा बच्चा निकालेर स्वास्थ्यकर्मीले ठूलो गुन लगाए। तिनैको सल्लाह र सहयोगले चारै बच्चा लिएर नेपालगन्ज आउँदै गर्दा बाटोमा गाडीभित्रै एउटीको मृत्यु हुँदा म दुःखी भएँ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s