गाई काटेको विरोधमा चक्काजाम


महेश्वर चामलिङ राई- उदयपुर, कात्तिक २५- तिहारको लक्ष्मीपूजाको दिन गाई काटेर खाएको विरोधमा गाईघाट-कदमाहा सडकखण्डमा स्थानीयले आज चक्काजाम गरेका छन्। स्थानीय दौलतपुरबासीले पौने ११ बजेदेखि एक घण्टाका लागि गरेको चक्काजामका कारण गाईघाटदेखि लाहान, धरान, बिराटनगर, काठमाडौंलगायत विभिन्न ठाउँ जाने-आउने तीनदर्जन बढी यात्रुबाहक बस तथा मालबाहक गाडीहरु रोकिएर हजारौं यात्रु अलपत्र परे। लहानमा गाईतिहारका दिन चारवटा गाई काटेर खाएको विरोधमा दौलतपुर युवा समूहले चक्काजाम गरेको स्थानीय दीपक कार्कीले बताए। गाई काटेको अभियोगमा दुईजनालाई पक्राउ गरेपनि कारबाही नगरी प्रहरीले छाडेको विरोधमा चक्काजाम गरिएको उनले बताए। दोषीमाथि कारबाही नभए चरणवद्ध आन्दोलन गर्ने उनीहरुको भनाई छ। दोषीमाथि कारबाही नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरुको भनाई छ। ‘हिन्दुले पुजा गर्ने लक्ष्मीपूजाकै दिन गाई काटेर खाएर धार्मिक सहिष्णुता खल्बल्याउन खोजेको देखिएकाले दोषीमाथि कारबाही गर्नुपर्छ’ कार्कीले भने ‘नभए सशक्त आन्दोलन गर्न बाध्य हुनेछौं।’

Posted by-:Gopal magar

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s